सैनामैनाका भोजराजले आफनो जन्मदिन स्कुल झोला र प्याड दिएर मनाए

प्रकाशित मिति:

सुरेश परियार,माघ २४ गते- रुपन्देहीको सैनामैनामा बस्ने भोजराज भण्डारीले आफनो जन्मदिन फरक तरिकाले मनाएका छन् । विभिन्न सामाजिक सस्थाँमा क्रियाशिल भोजराजले आफनो जन्मदिन नजिकका स्कुल तथा क्याम्पसमा शैक्षिक ब्याग र छात्राले प्रयोग गर्ने प्याड सहयोग गरि मनाएका छन् ।

भण्डारीले सैनामैना वडा न.६मा रहेको जनकल्याण माध्यमिक विद्यालयमा कक्षा १ देखि ५ सम्म अध्ययनरत १० जना आर्थिक कमजोर तथा जेहेन्दार विधार्थीहरुलाई १० थान झोला र सहिद नारायण पोख्रेल रामापुर क्याम्पसरमा अध्ययन गर्ने छात्राहरुलाई एक सय पिस प्याड दिएका हुन । करिब २० हजार बराबरको सो सामाग्री वितरण गरेका हुन् ।

जन्मदिनको अवसरमा फर्जुल खर्च गर्नुभन्दा शैक्षिक क्षेत्रमा गरेको सहयोगले मेधावी विधार्थी उत्पादन हुनेमा जोड भोजराजले दिए ।