८ जना नेता बोल्दै सकियो आजको नेकपा बैठक !

बैठक बिहिबार पुन बस्नेछ ।

प्रकाशित मिति:

काठमाडौं, ४ पुस – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीको बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बराहीमा आज पनि जारी रह्यो । झण्डै तीन घण्टा चलेको उक्त बैठकमा ८ जना स्थायी कमिटी सदस्यहरुले आफ्नो धारणा राखेको महासचिव विष्णु पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । आजको बैठकमा देवप्रसाद गुरुङ, रघुवीर महासेठ, भीमप्रसाद आचार्य, रघुजी पन्त, बर्षमान पुन, सुरेन्द्र पाण्डे, लेखराज भट्ट र पुष्प कँडेलले राजनीतिक प्रतिवेदनका सम्बन्धमा आआफ्नो विचार व्यक्त गरेका थिए । बैठक बिहिबार पुन बस्नेछ ।