२६ माघ, कञ्चन- दिदि बहिनी महिला बचत तथा ऋण सहकारी संस्था,कञ्चन ४,रुपन्देहीको सातौं साधरणसभा बुधवार सम्पन्न भएको छ। महिलाहरुको आर्थिक स्तर बृद्धि गर्न र महिलाहरुलाई बचत गर्ने बानीको बिकास गर्न स्थापित सहकारी संस्थाको ५ सय १६ जना शेयर सदस्य रहेका छन।दिदि बहिनी महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सातौं साधरण सभाका प्रमुख अतिथि तथा कञ्चन गाउपालिकाका उपाध्यक्ष गोमा तरामुले महिलाहरु आत्म निर्भर उधमी नभएसम्म समाज परिबर्तनको परिकल्पना गर्न नसकिने बताउनु भयो । बचत गर्ने बानीको बिकास पनि एक किसिमको आम्दानी गर्नु हो भन्दै उपाध्यक्ष तरामुले महिलाहरु समाज रुपान्तरण र समाज नेतृत्वका लागि आर्थिक रुपमा सवल हुनु पर्नेमा जोड दिनु भयो । यस सहकारीमा अवद्ध महिला दिदि बहिनीहरुले थोरै थोरै गरी गरेको बचतबाट उधमशिल तर्फ लगानी गर्न सकिए महिलाहरु स्वरोजगार संगसंगै आत्म निर्भर बन्ने आधार बन्ने उपाध्यक्ष तरामुले बिश्वास ब्यक्त गर्नु भयो ।
यस्तै कञ्चन गाउपालिका वडा नं। ४ का वडा अध्यक्ष दुर्गा सिंह क्षेत्रीले सहकारीले महिलाहरुलाई रोजगारमुलक बनाउन उत्पादन मुलक क्षेत्रमा लागनी गर्नु पर्ने बताउनु भयो । जिल्ला सहकारी संघ, रुपन्देहीका लेख समिति सदस्य नाम बहादुर के।सी।ले सहकारी स्थापना गर्न भन्दा उक्त सहकारीलाई दीगोपन दिन र शेयर सदस्यहरुको बिशवास जितेर काम गरी संचालन गर्न कठिन भएको उल्लेख गर्नु भयो ।
दिदि बहिनी महिला साकोसका अध्यक्ष अमृता थापाले साकोसको बार्षिक प्रतिबेदन प्रस्तुत गर्दै महिलाहरुको सानो सानो घुम्ति कोष शुरु भएको जानकारी गराउनु भयो । महिलाहरुलाई नै सहकारीको मालिक बनाउन र थोरै थोरै रकम जम्मा गर्ने बानी बिकास गरी स्थापन भएको दिदि बहिनी महिला साकोसले बार्षिक १ करोड ५६ लाख कारोवार गर्न सफल भएको साकोसका अध्यक्ष थापाले बताउनु भयो । अध्यक्ष थापाले महिलाहरुलाई बित्तिय रुपमा सवल बनाई आर्थिक रुपमा सवल बनाउनु साकोसको लक्ष्य रहेको समेत बताउनु भयो ।साकोसका अध्यक्ष अमृता थापाको अध्यक्षता तथा कोषाध्यक्ष लक्षु बुढाथोकीको संचालनमा भएको साधरण सभामा साकोसका उपाध्यक्ष कमला बिश्वकर्माले गर्नु भएको थियो। कार्यक्रम सुनगाभाचोक, कञ्चन ४,रुपन्देहीमा भएको थियो ।











