विद्यार्थी एवम् बालबालिकालाई ट्राफिक नियम र उद्घोषक सीप सिकाउने लक्ष्यका साथ वडा बाल संजालले ३ दिने तालिम सुरु गरेको छ ।
आज तिलोतमा नगरपालिका वडा-३ बाल संजालले कार्यक्रमको उद्घाटन संस्थाका अध्यक्ष बिकाश बस्यालको अध्यक्षतामा सुरु गरेको थियो । उक्त कार्यक्रमको अतिथि बाल संजाल सम्पर्क व्यक्ति गिता कुमारी सापकोटा , वडा प्रतिनिधि घनस्याल पौडेल , लक्ष्मी घले , तेज बहादुर गुरुङ , बाल मैत्री सहजीकरण सदस्य लक्ष्मी ज्ञवाली , वडा सचीव गोकुल गिरि , प्रशिक्षक जुना परियार लगायतको उपस्थितमा संचालन कार्यक्रमको स्वागत मन्तव्य संजाल उपाध्यक्ष सबिना भण्डारीले बोल्दै हामिले अबको दिनमा बाल बालिका र युवाहरूलाई अगाडि लिएर बढ्नु पर्ने भएकोले हामिले नेतृत्व लिग्ने खाल्का तालिमको संचालन गरेको र यस कार्यक्रम बाट उहाँहरुमा केही परिवर्तन आउने अपेक्षा लिएको बताएकी छिन्
उक्त कार्यक्रम बाल संजाल सचीव सुभेक्षुक पौडेलले संचालन गरेकी थिन ।











