मेगा बैक नेपाल लिमिटेड सेमलार शाखाद्धारा सस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत डस्टबिन बितरण

प्रकाशित मिति:

मेगा बैक नेपाल लिमिटेड सेमलार शाखाले सस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत सेमलार खानेपानी लाई १२ थान डस्टबिन बितरण गरेको छ । सो कार्यक्रममा लुम्बिनी प्रदेश प्रमुख विश्व पौडेलले बैकले सस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत सो डस्टबिन बितरण गरीएको जानकारी दिदै मेगा बैकले सरल, सहज र उत्कृट वित्तिय सेवा प्रदान गर्दै सामाजिक उत्तरदायित्वलाई पनि अगाडि बढाएको जानकारी दिनुभयो ।

सो कार्यक्रममा बैकका प्रदेश बजारीकरण प्रमुख आविष्कार खनालले बैकले सामाजिक उत्तरदायित्व अन्र्तगत नै “ शिक्षा नै ज्योति ” अभियान भन्ने कुरालाई आत्मसाथ गर्दै मेगा बैकको देशैभरी रहेका प्रत्येक शाखा कार्यालयबाट दुई जना छात्रा पढाउदै आएकाले तथा बैकको सो कार्य पनि उदाहरणिय रहेको जानकारी दिनुभयो सो कार्यक्रममा सेमलार खानेपानी तथा सरसफाई समितीका अध्यक्ष बुद्धिराम ढकालले डस्टबिन ग्रहण गर्दै दुबेै सस्था सेवा प्रदायक सस्था भएकोले आगामी दिनमा पनि अझ सहकार्य गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो । उक्त कार्यक्रम सेमलार शाखा प्रबन्धक अम्बिका लामिछानेको अध्यक्षता तथा कर्मचारी थानेश्वर पन्थीको सञ्चालनमा सम्पन्न भएको थियो ।