काठमाडौँ– नेकपा एकीकृत समाजवादीसम्बद्ध संगठनहरूले एमसीसीको विरोधमा प्रदर्शन गरेका छन् ।एमसीसी देशहितमा नभएको भन्दै यी संगठनहरूले आइतबार देशका विभिन्न स्थानमा प्रदर्शन गरेका हुन् ।काठमाडौँमा पनि उनीहरूले विरोध ¥याली निकालेका छन् ।
कालोपट्टी बाँधेर प्रदर्शनमा उत्रिएका उनीहरूले एमसीसी खारेज गर्नुपर्ने, वैदेशिक हस्तक्षेप अन्त्य गर्नुपर्ने भन्दै नाराबाजी गरेका छन् ।¥याली माइतीघरदेखि बानेश्वरसम्म निकालिएको थियो ।












