पश्चिम नवलपरासीमा यातायात व्यवस्था सेवा कार्यालयको उद्घाटन

प्रकाशित मिति:

बिनोद निगम – नवलपरासीर २ फागुन- पश्चिम नवलपरासी को रामग्राम नगरपालिका वडा नं ०४ बैरिहवा मा यातायात व्यवस्था सेवा कार्यालयको उद्घाटन भएको छ । आईतबार एक औपचारिक कार्यक्रम बिच लुम्बिनी प्रदेशका श्रम रोजगार तथा यातायात व्यवस्था मन्त्री पुर्मती ढेंगामगरले सेवा कार्यालयको उद्घाटन गरेकी हुन् । जिल्लाको रामग्राम नगरपालिका वडा ४ बैरिहवाँमा स्थापित सेवा कार्यालयको, समुद्घाटन कार्यक्रमको प्रमुख अतिथि समेत रहेको मन्त्री ढेंगामगरले कार्यालयमा राखिएको शिलालेख अनावरण र मुल धोकाको रिबन काटेर यातायात सेवा कार्यालयको विधिवत रुपमा उद्घाटन गरेकी हुन् ।

सो क्रममा मन्त्री ढेंगामगरले आगामी दिनमा यस सेवा कार्यालयलाई विस्तार गर्दै चालक अनुमतिपत्र वितरण र नवीकरणको समेतको सेवा विस्तार गर्ने प्रतिबद्धता जाहेर गरिन् । उनले यस सेवा कार्यालयलाई व्यस्थित गर्न आवश्यक जनशक्ति, स्रोतसाधनको व्यवस्थापन गरि छिटोछरितो सेवा प्रवाह गराउने विश्वास व्यक्त गरिन् । कार्यक्रममा मन्त्रालयका सचिव दिपकराज नेपालले सेवा कार्यालय खुलेको जिल्लाबासीहरुलाई शुभकामना दिदै यसै जिल्लाबाट सेवाग्राहीहरुले छिटोछरितो सेवा पाउने विश्वास व्यक्त गरेको थियो ।

यातायात सेवा कार्यालय नहुँदा यहाँका सेवाग्राहीहरु धेरै समस्या पर्ने हुने गर्द थियो। आब सेवा लिन भैरहवा र बुटवल जाने गर्दथे तर आजदेखि जिल्लामै सेवा कार्यालय खुलेपछि अब बाहिर जिल्ला धाउनु पर्ने बाध्यता हटेको र जिल्लाबासीहरु निकै खुशी भएका छन् ।