नवलपरासीमा खुल्यो यातायात व्यवस्था कार्यलय

प्रकाशित मिति:

प्रकाश न्यौपाने
फाल्गुन २ गते
नवलपरासी ।
पश्चिमी नवलपरासीको रामग्राम ४ बैरिहवामा यातायात ब्यवस्था सेवा कार्यालयको औपचारिक रुपमा सेवा प्रारम्भ गरेको छ । लुम्बिनी प्रदेश सरकार श्रम,रोजगार तथा यातायात मन्त्री पुर्मती ढेगामगरले यातायात ब्यवस्था सेवा कार्यालयको उदघाटन गर्दै सेवा प्रारम्भ गर्नु भयो ।
अहिलेसम्म नवलपरासीबासी यातायात ब्यवस्था सम्बन्धी सेवा बुटवल र भैरहवाबाट लिदै आएको तर आइतवार आफ्नै जिल्ला सदरमुकामबाट सेवा पाउन थाले पछि हर्सित भएका छन् । तत्काल सेवा कार्यालयले सवारी साधनको बिलबुक नबिकरण,रुटपरिमट लगायतको सेवा प्रदान गर्नेछ । पछि कार्यालयको रुपमा स्थापित भई सवारी चालक अनुमतीपत्र (लाइसेन्स) पनि जारी गर्ने मन्त्री ढेगामगरले बताउनु भयो ।
स्थानिय समाजसेवी सम्भु उपाध्यायको पहलमा सर्वदलिय बैठक बसी जिल्ला सदरमुकाममा कार्यालय स्थापनाका लागि गत असोज महिनामा मन्त्रालयमा अनुरोध गरिएको थियो । त्यसको अग्रसरता जनता समाजबादी पार्टी(जसपा)का जिल्ला अध्यक्ष धरेन्द्र यादवले लिनु भएको छ ।
मन्त्रालयका सचिव दिपकराज नेपालको अध्यक्षतामा भएको कार्यालयको उदघाटन समारोहमा पुर्वरक्षा राज्य मन्त्री रामबच्चन यादव,पुर्व स्थानिय विकास मन्त्री घनश्याम यादव,संविधान सभा सदस्य चिनक कुर्मीं,प्रदेश साँसद बैजनाथ जैसवाल,प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रा,एमालेका जिल्ला सहसचिव राजन अचार्य,नेपाली काँग्रेसका नेता विक्रम यादव,माओवादी केन्द्रका बुद्धन अली,जसपा जिल्ला अध्यक्ष धरेन्द्र यादव,पत्रकार बेचु गौड लगायतले शुभकामना मन्तब्य राखेका थिए । स्वागत रामग्राम ४ का वार्ड अध्यक्ष मदन यादवले गरेका थिए ।