बालबालिकाको क्यान्सर सम्बन्धि सचेतता कार्यक्रम

प्रकाशित मिति:

सिद्धार्थनगर/हरेक किसीमको क्यान्सर रोेगको उपचार नेपालमै सम्भब भएको हुदाँ त्यसको पहिचान , पहिचान पछि उपचारको शुरुवातमा ढिलाई गर्न नहुने क्यान्सर रोग विशषज्ञहरुले सुझाब दिनुभएको छ ।लायन्स क्लब अफ भैरहवा ग्रीनसिटी र नेपाल बालकल्याण संस्थाको आयोजना तथा नेपाल क्यान्सर सहयोग समूहको प्राविधिक सहयोगमा अन्तराष्ट्रिय बाल क्यान्सर दिवसको अवसरमा भैरहवामा आज आयोजित सचेतना कार्यक्रममा विज्ञहरुले उक्त सुझाब दिनुभएको हो ।

कार्यक्रममा बोल्दै बाल क्यान्सर रोग विशषज्ञ डा। अन्जली पन्डितले भन्नुभयो, ‘क्यान्सर धनि गरिब जो सुकैलाई हुन सक्छ । भोलिका दिनमा मलाई पनि हुन सक्छ, तपाईलाई पनि हुन सक्छ । यसैले क्यान्सर भयो भन्दैमा आत्तिने होइन, त्यसको उपचारमा लागि हाल्नुपर्छ । उपचारकोलागि नेपालमै सम्भब छ , विदेश जानु जरुरी छैन । ”बोनम्यारोको ट्रान्सपलान्ट गर्ने नेपालकै पहिलो विशषज्ञ चिकित्सक समेत रहनुभएको डा। पन्डितले नङ र कपाल बाहेक शरिरको हरेक अंगमा क्यान्सर हुने समेत बताउनुभयो ।नेपाल क्यान्सर अस्पतालमा कार्यरत डा। पन्डितले बालबालिकामा हुने क्यान्सर रोगको संकेत, त्यसको उपचार विधीको बारेमा अविभावक बढी सचेत हुनुपर्ने समेत बताउनुभयो ।

सिद्धार्थनगरका सामुदायीक तथा संस्थागत विद्यालयकागरी पाँचसय भन्दा बढी विद्यार्थिहरु, शिक्षक तथा लायन्स लिडरहरुको सहभागितामा सम्पन्न उक्त कार्यक्रममा बालबालिकाको आँखामा हुने रेटीना ब्लास्टो क्यान्सर रोगका विशषज्ञ डा। ज्ञानेन्द्र लामिछानेले आँखामा हुने क्यान्सर रोगको बारेमा प्रस्टाउदै त्यसको उपचार विधि र संकेतको बारेमा जानकारी दिनुभएको थियो । त्यसैगरी बालरोग विशषज्ञ डा। राजु काफ्लेले बालबालिकालाई लाग्ने विभिन्न प्रकारको क्यान्सर रोगको बारेमा जानकारी गराउनुभएको थियो ।कार्यक्रममा नेपाल क्यान्सर सहयोग समुहका अध्यक्ष दीलिप भट्टराईले प्रत्येक बालबालिको उपचारको हक रहेको बताउदैं क्यान्सर पीडितको उपचार, स्याहार सुसार र सरसफाईमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा सिद्धार्थनगरका प्रमुख हरि प्रसाद अधिकारीले स्थानिय सरकारले बालबालिको उपचारकोलागि विभिन्न संघसंस्थाको सहकार्यमा सहयोग गर्ने बताउनुभयो । उहाँले क्यान्सर लागेर उपचार गर्नुभन्दा पहिले लायन्स क्लब भैरहवा ग्रीनसिटीले जस्तै ठूलो संख्यामा लक्षीत वर्ग राखेर सचेतना चलाउनु महत्वपुर्ण हुने समेत बताउनुभयो ।लायन्स क्लब अफ ३२५ वि टूका पुर्व गर्भनर अरुण प्रताप राणाले लायन्स क्लबहरुले विधागत रुपमै बालबालिका लाग्ने क्यान्सर रोगको विषयमा देशैभर सचेतना तथा उपचारमा सहयोग गरिहरकेो बताउनुभयो ।लायन्स क्लब अफ भैरहवा ग्रीनसिटीका अध्यक्ष गोबिन्द प्रसाद गिरीले बालबालिकामा हुने क्यान्सरको बारेमा नगरका करिब सबै विद्यालका प्रतिनिधीमूलक विद्यार्थि भेला गराई कार्यक्रम गरिरहदा यो सन्देश घरघरमा पुग्ने बताउनुभयो ।

नेपाल बालकल्याण संस्थाका अध्यक्ष अधिवक्ता शिव प्रसाद गौडेलले बालबालिको उपचार, स्याहार सुसार र जानकारी पाउने अधिकारलाई संरक्षीत गर्ने सबैको दायित्व रहेको बताउनुभयो ।कार्यक्रम संयोजक संगीता जिसीको स्वागत, लायन्स क्लब भैरहवा ग्रीनसिटीका कोसअध्यक्ष बिना पौडेलको ध्यजा अभिवादन ,लायन्स क्लब भैरहवा ग्रीनसिटीका सचिव थानेश्वर पान्डेको सन्चालनमा सम्पन्न कार्यक्रममा लायन्स क्लब अफ भैरहवा लुम्बिनीको अध्यक्ष लक्ष्मी के।सी, नेपाल क्यान्सर सहयोग समूहका सल्लाहकार हुतानन्द खनाल, लायन्स क्लब ३२५ का डिस्ट्रीक लिडर महेशचन्द्र थापा, विजय पान्डे, अनिता थापा, रुपमा हिराचन, शुसील गुरुङ,कृतेस श्रेष्ठ , संगम न्यौपाने , शिबनाथ गुप्ता, तनु कसौधन लगायतले बालबालिकामा हुने क्यान्सर रोगको विरुद्ध सबैको सहकार्य र एकता भएमा सहजै पहिचान र न्यूनिकरण गर्न सकिने बताउनुभयो ।सो अवसरमा क्यान्सर रोग पीडित साढे ४ बर्षिय बालक आशिष अलिको उपचारकोलागि नेपाल बाल कल्याण संस्था र लायन्स क्लब भैरहवा ग्रीनसिटीले संयुक्त रुपमा ५१ ह्जार रकम सहयोग गरेका छन् । यसैगरी सिद्धार्थनगरका नगर प्रमुखले ५० हजार , डा। राजु काफ्लेले ४० हजार सहयोग गरेका छन् ।रुपन्देहीको मर्चवार अलिलाई रगतमा हुने क्यान्सर रोग लागि यतिबेला बोनम्यारो ट्रान्सप्लान्टको तयारीमा रहेका छन् । रकम जुटाउन विभिन्न संघसंस्थाले अपील समेत गरेका छन् ।