समाज सेवा अभियान रुपन्देही- कतारको ९ औं स्थापना दिवस समारोह सम्पन्न !

प्रकाशित मिति:

“सामाजिक तथा आर्थिक बिकास मा सहकार्य आत्मनिर्भर्ता र समृद्ध जीवन सबै को लागि अनिबार्य” भन्ने मुल नाराका साथ स्थापना भएको समाज सेवा अभियान रुपन्देही कतारले आफ्नो ९ औं स्थापना दिवस एक समारोह विच सम्पन्न गरेको छ । सन १८ डिसेम्बर २००९ मा स्थापना भएको सस्था ले समाज सेवाको अभियानको यात्रामा विभिन्न सामाजिक काम हरु गर्दै आएको छ डिसेम्बर १८ कै दिन सस्था का वर्तमान अध्यक्ष डिल्लीराम भट्टराई ,संरक्षक अर्जुन प्रसाद भट्टराई तथा पुर्ब अध्यक्ष बर्तमान प्रमुख सल्लाहकार सनजय रजक लगायतले ९ औं वर्षको केक काटेर स्थापना दिवस मनाएका हुन् ।

समारोहमा सस्था का संरक्षक अर्जुन भट्टराई , पुर्ब अध्यक्ष तथा प्रमुख सल्लाहकार सनजय रजक ,ब्यावस्थापन समिती सदस्य राजु भट्टराई , सल्लाहकार सदस्य लिलम चिदी मगर, भिम तरामु मगर , गौतम रिजाल , छम परियार ले सस्था को विगत देखि वर्तमानसम्मका गतिविधि बारे जानकारी गराउदै शुभकामना दिनुभयो । शुभकामना को क्रम मा सम्पुर्ण सदस्य हरु को तर्फ बाट सस्था का आजिवन सदस्य शंकर न्यौपाने तथा कार्यसमिती को तर्फ बाट कोषाध्यक्ष बिष्णु बहादुर खडका ले रचनात्मक सुझाव सहितको शुभकामना मन्तव्य राख्नुभयो । त्यस्तै सुभकामना राख्ने क्रम मा संस्था का अध्यक्ष डिल्लीराम भट्टराई ले संस्था लाई यह सम्म पुराउन उल्लेखनीय भुमिका निर्बाह गर्नु भएका आदरणीय सस्थापक ब्याक्तित्व अग्रज तथा पुर्ब कार्यसमिति सदस्य ज्यु हरु लाई बिशेष धन्यवाद दिदै कार्यक्रम समापन गरिएको थियो । सो विशेष कार्यक्रम ब्यवस्थापन समिती सदस्य हुमाकान्त पोख्रेल ले सन्चालन गर्नु भएको थियो ।