चिनियाँ नागरिकसहित ३७ पक्राउ

प्रकाशित मिति:

काठमाडौं–कल बाइपास र अनलाइन जुवाको धन्दा चलाएको आरोपमा महानगरीय प्रहरी परिसर काठमाडौंले चिनियाँ नागरिकसहित ३७ जनालाई पक्राउ गरेको छ ।उनीहरुलाई महानगरीय प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त नयाँ बानेश्वरको संयुक्त टोलीले सोमबार राती नयाँ बानेश्वरको एक घरमा छापा मारी उनीहरूलाई पक्राउ गरेको हो ।प्रहरीले उनीहरुबाट कल बाइपासमा प्रयोग हुने उपकरणहरूसमेत बरामद गरेको छ । प्रहरीले उनीहरुको बारेमा थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रहरीका अनुसार उनीहरूले अनलाइनमा जुवा खेलाउने, त्यसैका आधारमा धम्क्याएर रकम असुल्ने गरेको तथा अन्य गैरकानुनी काम गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।दुई वर्षअघि पनि राजधानीबाट १ सय २० चिनियाँ नागरिकहरू गैरकानुनी रुपमा बसी अपराध गरेको कसुरमा पक्राउ परेका थिए । उनीहरूलाई अध्यागमन विभागले जरीवाना तिराएर चीन ‘डिपोर्ट’ गरेको थियो