बुटवल । बुटवलको एक दालमोठ फ्याक्ट्रीमा आगलागी भएको छ । बुटवल उपमहानगरपालिकान ११ मैनाबगरस्थित पशुपती बानियाँको दालमोठ फ्याक्ट्रीमा बुधबार बिहान आगलागी हो ।
आगलागीबाट हम १५ थान मेसिन, दालमोठ, कच्चा पदार्थलगायत जलेर करिब ४८ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ । आगो प्रहरी, दमकल र स्थानीयवासीको सहयोगमा नियन्त्रण लिएको थियो । घटना बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












