पदाधिकारीको बिषयलाई लिएर केन्द्रीय समितिमा फेरी विवाद

संस्थापन र इतरपक्षवीच नयाँ विवाद शुरु

प्रकाशित मिति:

काठमाडौं  \ पदाधिकारको संख्या र चयन प्रक्रिया सम्बन्धमा शीर्ष नेतृत्वबीच सहमति जुटेको भनिएपनि कंग्रेस केन्द्रीय समितिमा पुन समावेशी समानुपातिकको विषयमा विवाद भएको छ । पदाधिकारीको संख्या थपेर ८ बनाउने मोटामोटी सहमति भएपनि थप गरिएको संख्यालाई समावेशी बनाउने विषयमा संस्थापन र इतरपक्षवीच नयाँ विवाद शुरु भएको हो ।

विधानलाई लिएर एकपछि अर्को विवाद थपिरहँदा दिउँसो र साँझ गरी दुई पटकसम्म बसेको केन्द्रीय समिति अनिर्णित बनेको छ भने महासमिति बैठक समेत प्रभावित भएको छ । यसअघी शीर्ष तहमा सभापति सहित २ उपसभापति, २ महामन्त्री , २ सहमहामन्त्री बनाउने तथा कोशाध्यक्ष बाहेकका पदमा निर्वाचन गर्ने सहमति भएको थियो । पदाधिकारीको संख्या वढीसकेपछि संवैधानिक व्यवस्था अनुसार नै समावेशी बनाउन आवाज उठाईएको केन्द्रीय सदस्य डिना उपाध्यायाले जानकारी दिनुभयो । केन्द्रीय समिति बैठकमा समानुपातिक र समावेशी प्रतिनिधित्व हुने गरी पदाधिकारीको संख्या र चयन प्रक्रिया निर्धारण गर्नुपर्ने माग उठेपछि विधानमाथिको छलफल लम्विएको छ । महासमिति बैठकको बन्दसत्रमा प्रस्तुत भएका अन्य चार वटा प्रतिवेदनमाथि भने छलफल जारी छ ।