युक्रेनमा रहेका नेपाली सुरक्षित, १९३ जना सम्पर्कमा

प्रकाशित मिति:

काठमाडौं, फागुन १४ : रूसले आक्रमण गरिरहेको देश युक्रेनमा रहेका नेपाली सुरक्षित रहेको जर्मनीस्थित नेपाली दूतावासले जनाएको छ।युक्रेनलाई समेत हेर्दै आएको जर्मनीको बर्लिनस्थित नेपाली दूतावासले अहिलेसम्म एक सय ९३ जना नेपाली सम्पर्कमा आएको जनाएको छ। युक्रेनमा दुई सयभन्दा बढी नेपाली रहेको दूतावासको आकलन छ।

रुसले युक्रेनको पूर्वि र उत्तरी क्षेत्रबाट आक्रमण गरिरहेको छ। विशेष गरी राजधानी किइभलाई लक्षित गरेर हवाइ र स्थल आक्रमण गरिरहेको छ।पश्चिम क्षेत्र सुरक्षित भएकाले त्यतातिर जान दूतावासले आग्रह गरेको छ। त्यस्तै युक्रेनमा रहेका नेपालीलाई स्लोभाकिया, पोल्यान्ड वा हंगेरीतर्फ जान पनि नेपाली दूतावासले आग्रह आग्रह गरेको छ। रुसले आक्रमण गरेपछि युक्रेनसँग सिमाना जोडिएका स्लोभाकिया, पोल्यान्ड र हङ्गेरीले नाका खुला गरेको छ। हजारौं युक्रेनी नागरिक पनि ति देशतर्फ गइरहेका छन्।

थप समाचार