एमसीसीबारे अन्तिम निर्णय निकाल्न माओवादी केन्द्र, नेकपा एस र जसपाको आ-आफ्नै बैठक

प्रकाशित मिति:

काठमाडौं । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले एमसीसीबारे ठोस धारणा बनाउन अन्तिम समयमा पनि कसरत गरिरिहेका छन् ।सत्ता गठबन्धनका घटकका रुपमा रहेका दुवै दलले हालसम्म एमसीसीको बिरोध गर्दै आएका छन् । यद्ययपि पछिल्लो समय उनीहरु गठबन्धन टुट्ने भयले एमसीसी पास गर्ने मनसायमा पनि पुगेको जस्तो अवस्थमा पुगेका छन् ।प्रधानमन्त्री समेत रहेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको साथमा एमसीसी पास गर्ने योजना बनाएपछि माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी झस्कीएका हुन् ।

एमसीसीले दिएको समयसीमा थोरै मात्रै बाँकी भएकाले नेपाललाई एमसीसी सम्झौता लिने या नलिनेबारे ठोस निर्णय लिने समय आज १ दिन मात्रै छ ।एमसीसीबारे छलफल गर्नका लागि आज संसद बैठक बस्दै छ । एमसीसीबारे छलफल गर्न माओवादी केन्द्रले पूर्व स्थायी कमिटी सदस्यहरूको बैठक बोलाएको छ।संसद बैठक बस्नुअघि बोलाइएको बैठक अहिले बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा बस्ने बताइएको छ । उक्त बैठकले एमसीसीबारे ठोस निर्णय गर्ने जनाइएको छ ।

त्यस्तैगरी एकीकृत समाजवादीले एमसीसीबारे छलफल गर्न सचिवालय बैठक बोलाएको छ । बैठक ११ बजे बस्ने र एमसीसीका बारेमा निर्णय निकाल्ने जनाइएको छ ।शनिबार माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी का शीर्ष नेताहरुको बैठक बसेको थियो । उता प्रधानमन्त्री शेरबहादु देउवा भने एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोट धाइरहेका छन् । उता जनता समाजवादी पार्टी जसपाका तीन नेताहरुको बैठक आजै बिहान बस्ने बताइएको छ ।पार्टी अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राईले आज बिहान छलफल गर्ने जनाइएको छ । उक्त बैठकले कार्यकारिणी बैठकको मिति तोक्ने र एमसिसीबारे निर्णय गर्ने बताइएको छ ।जसपा अध्यक्ष उपेन्द्र यादव एमसीसीबारे अनिर्णित छन् भने बाबुराम भट्टराई एमसीसी पास गर्ने पक्षमा रहेका छन् ।-News24