पाँचौ बर्दघाट कृषि, पर्यटन तथा औद्योगिक ब्यापार मेलाको तेश्रो दिन आज,रामजी खाड लगायत कलाकारले दर्शक झुमाउने

प्रकाशित मिति:

बुटवल, –पाँचौ बर्दघाट कृषि, पर्यटन तथा औद्योगिक ब्यापार मेलाको तेश्रो दिन आज चर्चित लोक दोहोरी गायक एबम मोडल रामजी खाड को बिशेष प्रस्तुति रहने आयोजकले जनाएको छ।

गायक खाडको साथमा दर्शकलाई मनोरंजन प्रदान गर्न लोक दोहोरी गायिका लक्ष्मी बस्नेत ,गायक भरत क्षेत्रि पलदिप सुनार लगायतका कलाकारको पनि प्रस्तुति रहनेछ । व्यापार मेलामा जिल्लाका पर्यटकीय स्थलको प्रचार गर्ने उद्देश्यले डकुमेन्ट्री प्रदर्शन एवं कला संस्कृति,परम्पराको संरक्षणसमेत गर्ने उद्देश्यले मगर, थारु,  नेवारलगायत जातिका परम्परागत घर र खानाका परिकारहरू पनि रहनेछ ।

मेला अवधिभर दर्शकलाई मनोरन्जन दिलाउन लोक दोहोरी, आधुनिक र हाँस्य विधाका राष्ट्रिय र स्थानीय गरी ८५ जना भन्दा बढी चर्चित कलाकारहरूको प्रस्तुतिसँगै बर्दघाट डान्स आइडल र टिकटक प्रतियोगिता आकर्षणको रुपमा रहने सांस्कृतिक उपसमिति संयोजक खुमन बस्यालले बताउनुभयो ।