बनेपाको पुलबजारमा शंकास्पद वस्तु फेला, सवारी आवतजावतमा रोक

प्रकाशित मिति:

काभ्रे-काभ्रेको बनेपास्थित पुल बजारमा शंकास्पद वस्तु फेला परेको छ । नो एमसीसी खतरा लेखिएको वस्तु भेटिएपछि सवारी आवतजावतमा रोक लगाइएको छ । आज एमसीसी सम्झौता संसदबाट अनुमोदन भएको विरोधमा ६ वटा कम्युनिष्ट पार्टी र दुईवटा मोर्चाले बन्दको आह्वान गरेका छन् ।

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, मोहन विक्रम सिंह नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी मसाल र मोहन वैद्य ‘किरण’ नेकपा क्रान्तिकारी माओवादी लगायतले बन्दको आह्वान गरेका हुन् ।