प्रकाश न्यौपाने
फागुन १६
नवलपरासी । विप्लव नेतृत्वको नेकपासहित ६ दलले आव्हान गरेको नेपाल बन्दको प्रभाव आसिक रुपमा देखिएको छ । लामोदुरीका सवारी साधन र शैक्षिक सस्थाहरु चलेका छैननभने छोटो दुरि र निजि सवारी साधन चलेका छन ।
बन्दकर्ताले पश्चिम् नवलपरासीमा बिरोध प्रदर्सन गर्दै एमसिसिका बिरोधमा नारा लगाएका छन । बन्दकर्ताले एनसेललगायतका कति पय सस्थालाई कर तिराउन नसक्ने कालो बजारी रोक्न नसक्ने तर अमेरिक, भारत र चीनसङ्ग सहयोग गर भन्दै सहयोग जुटाउने कारणले देसको स्वाधीनता र स्वतन्त्रतामा खेलवाड गर्न खोजिएको उहाहरुको दाबी छ ।
मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता संसदबाट अनुमोदन भएको विरोधमा ६ वटा कम्युनिष्ट संगठन र दुईवटा मोर्चाले बन्दको आह्वान गरेका छन् । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी,मोहन विक्रम सिंह नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (मसाल)र मोहन वैद्य ‘किरण’ नेकपा क्रान्तिकारी माओवादी लगायतले बन्दको आह्वान गरेका हुन् ।












