बर्दघाट मेलामा आज पुश्कल र रितुसहितका कलाकारले दर्शक तताउदै

प्रकाशित मिति:

बुटवल । बर्दघाटमा जारि औद्योगिक ब्यापार मेलामा आज चर्चित लोक गायक एबम मोडेल पुश्कल शर्मा र गायिका रितु कडेल लगायतका कलाकारले दर्शकलाई मनोरन्जन दिलाउने भएका छन । बर्दघाट उद्योग वाणिज्य सँघको आयोजनामा जारि पाँचौ बर्दघाट कृषि, पर्यटन तथा औद्योगिक ब्यापार मेलाको छैटौं दिन आज पुष्कल र रितु संगै लोक दोहोरी गायक पुरुशोत्तम पौडेल दीपक खडका श्रीधर अधिकरि र डोलराज नेउपाने लगाएतका कलाकारहरूको प्रस्तुति रहने छ । यस्तै बर्दघाट डान्स आइडल, टिकटक प्रतियोगिता पनि हुने छ ।

औद्योगिक बयापार मेलाले स्थानीय उद्योगी व्यवसायीका उत्पादनको बजारीकरणमा टेवा पुग्ने अध्यक्ष न्यौपानेले बताउनुभयो ।जिल्लाका पर्यटकीय स्थलको प्रचार गर्ने उद्देश्यले डकुमेन्ट्री प्रदर्शन एवं कला संस्कृति,परम्पराको संरक्षण समेत गर्ने उद्देश्यले मगर,थारु, नेवार लगायत जातिका परम्परागत घर र खानाका परिकारहरु पनि मेलामा रहेका कृषि,पर्यटन तथा संस्कृति व्यवस्थापन उपसमिति संयोजक गंगाप्रसाद पाठकले बताउनुभयो । मेला अवधिभर दर्शकलाई मनोरन्जन दिलाउन लोक दोहोरी, आधुनिक र हास्य विधाका राष्ट्रिय र स्थानीय गरी ८५ जना भन्दा बढी चर्चित कलाकारहरुको प्रस्तुतिसंगै बर्दघाट डान्स आइडल र टिकटक प्रतियोगिता आकर्षणको रुपमा रहने सांस्कृतिक उपसमिति संयोजक खुमन बस्यालले बताउनुभयो ।