मन्त्री ढेंगाद्वारा यातायात व्यवस्था कार्यालयको अनुगमन

प्रकाशित मिति:

बुटवल,१८ फागुन । लुम्बिनी प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री पुरमति ढेंगामगरले रुपन्देहीको मणिग्रमस्थित यातायात व्यवस्था कार्यालयमा अनुगमन गरेकी छन् । सेवाग्राहीको गुनासो सुन्ने र कार्यालयको सेवा सुधार गर्ने उद्देश्यले छड्के अनुगमन गरेको मन्त्रीको सचिवालयले जनाएको छ ।

सो अवसरमा एक सेवाग्राही खमबहादुर रास्कोटीमगरले लाइसेन्स वितरणमा ढिलाई हुंदा ट्राफिक प्रहरीबाट चेकजांचका क्रममा दुःख पाउने गरेको मन्त्री ढेंगासमक्ष गुनासो गरेका थिए । यस्तै कार्यालयमा फाइल नभेटिएको बहानामा काममा ढिलासुस्ती हुने गरेकाले सबै काम कम्प्युटरबाट हुने प्रणाली विकास गर्न सुझाव दिए । अनुगमनपछि मन्त्री ढेंगाले सेवा लिने क्रममा कार्यालयबाट कुनै समस्या र नियम विपरितका काम भएमा मन्त्रालयमा सूचना दिन सेवाग्राहीलाई आग्रह गरिन् । मन्त्री ढेंगाले यसअघि पनि मन्त्रालय मातहतका कार्यालयहरुको अनुगमन गर्दै आएको मन्त्रीका स्वकीय सचिव तेजु रानाले बताए ।

थप समाचार