सुरेश परियार,फाल्गुन १८ गते- लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले राज्यको सम्पत्ती दोहन गर्नेहरुलाई चिरफार गरि बाहिर ल्याउने काम पत्रकारहरुको भएको बताएका छन् ।प्रमुख शेरचनले आज(बिहिबार)नेपाल आदिवासी जनजाती पत्रकार महासंघ लुम्बिनी प्रदेशको दोस्रो महाधिबेशनलाई सम्बोधन गर्दै यथार्थ बुझेर गलत गर्नेहरुको कर्तुतलाई जनतासामु ल्याउनुपर्ने धर्म पत्रकारहरुको भएको उल्लेख गरेका हुन् ।
परम्परागत विचार र सामान्ती संस्कारलाई अवलम्बन गर्दा समाजमा जातिय विभेद उत्पन्न भएकोले पत्रकारहरुको पनि फरक संघ स्थापना गर्न बाध्य भएको तर्क समेत उनले दिए । जव समानताको हक प्राप्त हुन्छ,तबबाट पत्रकारहरु भएका संघहरु एकहुनुपर्नेमा जोड उनले दिए । उनले देशभरि रहेका पत्रकारहरु जव एकढिक्का हुन्छन कुनै पनि शासकहरुले दमन र शोषण गर्न नसक्ने ठोकुवा गरे ।सवै राजनितिक दलहरुले पुरातन सोच र विचारलाई हटाएर आम जनताको पक्षमा काम गर्नुपर्ने बताए ।
प्रमुख शेरचनले भने,हामी सवै नेपाली हो,हिमाल,पहाड तराईमा बस्ने भनेर विभेद गर्न पाइदैन,हावापानी फरक होला तर जनता भनेको सवै नेपाली नै हो भने ।विभेदरहित मुल्यनिष्ठ समाज निर्माण गर्न हामी सवै एक हुँ भन्न भावना जागृत हुनुपर्ने बताए ।राज्यको चौथोँ अंग पत्रकार भएका कारण उनीहरुको हकहितका लागी राज्यबाटै चासो र संरक्षण हुनुपर्ने प्रमुख शेरचनले बताए । संघिय फोनज अध्यक्ष डण्ड गुरुङ र गजुर्धन राईले बोल्दै समाज परिर्वतनको संम्वाहक पत्रकारिता जंगत भएको तर्क गरेका छन् । युद्ध होस या समाजका हरेक गतिविधी जो अग्रपंक्तिमा रहने भनेकै पत्रकार भएको बताउदै सरकार श्रमजिवि पत्रकारको हितमा लाग्नुपर्ने माग राखे । रुपन्देहीको सैनामैना वडा न.३,उचडिहवा स्थित थारुहोमस्टेमा भएको कार्यक्रम नेपाल आदिवासी जनजाती पत्रकार महासंघ लुम्बिनी प्रदेशका प्रमुख मिलन गाहाको अध्यक्षतामा सम्पन्न भएको हो ।












