बर्दघाट मेलामा आज पशुपति शर्मा र पूर्णकलाले दर्शक नचाउने

प्रकाशित मिति:

सबलपोष्ट- बुटवल, १९ फागुन । पश्चिम नवलपरासीको बर्दघाटमा जारी पांचौ बर्दघाट कृषि, पर्यटन तथा औद्योगिक व्यापार मेलामा आज चर्चित लोक दोहोरी गायक पशुपति शर्मा र गायिका पूर्णकला बीसी लगायतका कलाकारको प्रस्तुति प्रस्तुति हुंदैछ ।

मेलाको मुख्य आकर्षण रहेको सांस्कृतिक कार्यक्रममा आज बिहीबार मंगलबार चर्चित कलाकार पशुपति र पूर्णकलासंगै गायक नरहरी प्रेमी,योगराज पोखरले,रामजी थापाको प्रस्तुति रहने आयोजकले जनाएका छन् । यस्तै बर्दघाट डान्स आइडल प्रतियोगिता, सेल्फी स्पटहरुमा टिकटक प्रतियोगिता पनि रहने सांस्कृतिक कार्यक्रम संयोजक खुमन बस्यालले बताए । आज ग्याल्बो लोसारको सार्वजनिक विदा भएकाले दर्शकको उपस्थिति उत्साहजनक हुने आयोजकको विश्वास छ ।

‘कला, संस्कृति, उद्योग र व्यापार समृद्ध बर्दघाटको बलियो आधार’ नारासहित बर्दघाट उद्योग बाणिज्य संघको आयोजनामा जारी मेलामा मगर, थारु, नेवारलगायत जातिका परम्परागत घर र खानाका परिकारहरू,विभिन्न थरिका बाल उद्यान, पिङ आदि पनि आकर्षणको रुपमा रहेका छन् । फागुन २५ गतेसम्म चल्ने व्यापार मेलामा दुई लाख दर्शकले अवलोकन गर्ने र तीन करोड रुपैयाँको कारोबार हुने आयोजकको लक्ष्य रहेको बर्दघाट उद्योग बाणिज्य संघका अध्यक्ष लेखनाथ न्यौपानेले बताए । मेला सकिन लागेसंगै सामान किनमेल र राष्ट्रिय कलाकारको प्रस्तुतिमा रमाउन दर्शकहरुको उपस्थिति बढ्दै गएको आयोजकले बताए ।