बालाजु ढुङ्गेधारा चोक नजिकै रहेको तरकारी बजारमा आगलागी, ६० देखि ७० वटा पसल जलेर नष्ट

प्रकाशित मिति:

काठमाण्डौ –बालाजु ढुङ्गेधारा चोक नजिकै रहेको तरकारी बजारमा आगलागी भएको छ ।गएराति सवा १२ बजे लागेको आगलागीबाट त्यहाँ रहेका ६० देखि ७० वटा पसलमा नोक्सानी भएको प्रहरीले जनाएको छ ।महानगरीय प्रहरी वृत्त बालाजुका अनुसार ६० देखि ७० वटा स्टल रहेको एउटा टहरोमा आगो लागेको हो । आगो पाँच वटा दमकलको सहयोगमा राति १ बजेतिर नै निभ्याइएको छ ।

आगलागीको कारण खुल्न बाँकी छ । यस्तै, क्षतिको विवरण सङ्कलन भइरहेको महानगरीय प्रहरी वृत्त बालाजुले जनाएको छ ।