दाङ-दाङमा कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएपछि पूर्वपश्चिम राजमार्गको भालुवाङ क्षेत्रमा बन्द गरिएको छ।राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङका ३५ वर्षीय नरेन्द्र जिसीको मंगलबार राति उपचारका क्रममास् मृत्यु भएको थियो।राति ९ बजेतिर लमहीबाट भालुवाङतर्फ जाँदै गरेको रा ६ प ६८५९ नम्बरको मोटरसाइकललाई र विपरीत दिशाबाट आइरहेको बा १० च २५८१ नम्बरको कारले लमही नगरपालिका वडा नम्बर ३ मा ठक्कर दिएको थियो।
शव पोष्टमार्टमको लागि लमही अस्पतालमा राखिएको छ। कार प्रहरीको नियन्त्रणमा छ। चालक भने फरार छन्। कार चालकलाई कारबाही र उचित राहतको माग गर्दै पूर्वपश्चिम राजमार्ग आफन्तले बन्द गराएका छन्।प्रहरीले राजमार्ग खुलाउने प्रयास गरिरहेको एसपी सुरेश काफ्लेले बताए। कार चालकको खोजि भइरहेको प्रहरीले बताएको छ।












