पाँचौ बर्दघाट कृषि, पर्यटन तथा औद्योगिक व्यापार मेला सम्पन्न

प्रकाशित मिति:

प्रकाश न्यौपाने
फाल्गुन २५

नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाटमा जारी पांचौ बर्दघाट कृषि, पर्यटन तथा औद्योगिक व्यापार मेला आज समापन भएको छ ।

बर्दघाट नगरीमा आयोजित गरिएको मेलाले ‘कृषि , उद्योग र व्यापार, कला सस्कृतिकलाई राम्रो प्रवर्द्धन गरेको प्रमुख अथिती बर्दघाट नगर प्रमुख धिरज शर्मा बस्यालले बताउनु भयो । कृषि र उधोगलाई नगरले पनि प्राथमिकतामा राखेर काम गरेको बताउदै नगर प्रमुख शर्माले बर्दघाट नगरपालिकामा रहेका कृषकहरुलाई आत्मा सम्मान हुने गरि नगरले काम गरिरहेको बताउनु भयो ।

आज १३ दिनसम्म चलेको मेलामा करिव ३ लाख जना दर्शकले अवलोकन गर्नु भएको महासचिव दिनेश न्यौपानेले बताउनु भयो । न्यौपानेका अनुसार मेला अवधीमा करिव ३ करोडको कारोबार भएको छ । मेलाको अन्तिम दिन आज दिउसोको सांस्कृतिक कार्यक्रमा चर्चित लोक दोहोरी गायक राजु परियार, रामचन्द्र चन्द तथा गायिकाहरु अस्मिता डल्लाकोटी र शर्मिला अर्यालको प्रस्तुतिका साथमा मेला सप्पन्न भएको बर्दघाट उधोग बाणिज्य संघका अध्यक्ष लेखनाथ न्यौपानेले जानकारी दिनु भयो ।

स्वदेशी र विदेशी गरी २ सय बढी स्टल रहेको मेलामा जिल्लाका पर्यटकीय स्थलहरु प्रचार तथा मगर, थारु, नेवारलगायत जातिका परम्परागत घर र खानाका परिकारहरुको समेत स्टल रहेका थिए ।