युबा समाजसेबी नेपाली काङ्ग्रेस का नेता राज कुमार गुरूङले आफनो जन्म दिनको अबसरमा सवारी दुरघटनामा परि उपचारको गराईरहनु भएका भीरकोट –९ का अनु गुरूङ ूलाई शिर्घ स्वास्थ्यलाभको कामना गर्दै रू ११,१०० आर्थिक सहयोग गरि आफनो जन्म दिन मनाउनु भएको छ । उक्त घाईते महिलाको श्रीमान पनि विगत केही बर्ष देखि मृगौलाको समस्याले गण्डकी मेडिकल कलेज पोखरामा डायलेसिस गरिरहनु भएको छ ।
उक्त सहयोग हस्तान्तरणको कार्यक्रममा नेपाली काङ्ग्रेस भीरकोटका सभापति याम प्रसाद अधिकारीले उहाँको सहयोग प्रति धन्यवाद दिदै नेपाली काङ्ग्रेस भीरकोट नगर कार्यसमितिले पनि यश सहयोग अभियानमा हातेमालो गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो । सो अवसरमा भीरकोट जेसीजका अध्यक्ष नि.अध्यक्ष प्रशुन मगरले भीरकोट जेसीजले सहयोग अभियान सञ्चालन गर्ने बताउनु भएको छ । साथै उक्त कार्यक्रम मा गण्डकी मेडिकल कलेजका प्रसासनिक प्रमुख कृष्ण पौडेलको पनि सहभागिता रहेको थियो । समाजसेवी गुरूङले विगतका जन्म उत्सव पनि यस्तै सामाजिक अभियान गरि मनाउदै आईराख्नु भएको थियो।












