दु :खद खबर, संखुवासभाको मादीमा बस दुर्घटना १२ जनाको ज्यान गयो

प्रकाशित मिति:

संखुवासभा – संखुवासभाको मादीमा बस दुर्घटना हुँदा १२ जनाको ज्यान गएको छ ।बिहान साढे सात बजेतिर मादी नगरपालिकाको केन्द्र ओखरबोटेदेखि इटहरीको लागि छुटेको बा ४ ख ७३५ नम्बरको बस मादी नगरपालिका–६ को पुलुङ गाउँको सातघुम्ती भीरबाट खसेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा ज्यान गुमाएका १२ जनाको परिचय खुल्न बाँकी छ । बसमा १५ जना यात्रु र चालक, सहचालक रहेका प्रहरीले जनाएको छ । घाइते भएका ३ जनाको उद्धार गरेर उपचारका लागि अस्पताल पठाइएको छ ।