सुनवल नगरपालिकाको स्थापना दिवस गठबन्धन पार्टीद्धारा बहिष्कार

प्रकाशित मिति:

फाल्गुन २६ गते 

नवलपरासी ।

पश्चिम नवलपरासीको सुनवल नगरपालिकास्थित सत्ता गठबन्धनका ३ दलको बैठकले नगरपालिकाले आयोजना गरेको स्थापना दिवस बहिष्कार गर्ने जनाएको छ ।
नेपाली कांग्रेसका नगर सभापति सोमबहादुर रायमाझी, नेकपा माओवादी केन्द्रका सत्तार मिया र नेकपा एकीकृत समाजवादीका नगर अध्यक्ष टेकबहादुर पुनद्धारा जारी प्रेस विज्ञप्तीमा नगरपालिकाका कार्यपालिका सदस्यहरुसँग समेत छलफल नगरी एकलौटी रुपमा स्थापना दिवस मनाउँन लागेको जनाउँदै उक्त कार्यक्रम बहिष्कार गर्ने जनाइएको हो । नगरपालिकाले भोलि फागुन २७ गते स्थापना दिवस मनाउने जनाएको छ । स्थापना दिवसलाई एमाले पार्टीको कार्यक्रमका रुपमा मनाउन लागेको समेत गठबन्धन पार्टीको बैठकले संज्ञा दिएको छ । नगरमा रहेका क्रियाशिल राजनीतिक दलहरुलाई समेत जानकारी नदिई एमाले पार्टीका केन्द्रीय नेताको सहभागितामा कार्यक्रम गर्नु नगरपालिकालाई एमालेकरण गरिएको भन्दै उनीहरुले उक्त कार्यक्रमलाई सच्चाउन समेत माग गरेका छन् । पछिल्लो पटक कार्यबहाक नगर प्रमुखले नगरपालिकाका हरेक कार्यक्रमलाई पार्टीको कार्यक्रम सरह सञ्चालन गर्ने गरेको र यो कार्यक्रम पनि स्थानीय सरकार सञ्चालन सम्बन्धीको आचारसंहिता विपरीत गर्न लागिएको विज्ञप्तीमा आरोप लगाइएको छ ।