सुदिप गौतम। बुटवल – गुल्मी तम्घासमा बैंकको जागिर संगै गित संगीतमा छुट्टै पहिचान बनाउन सफल लोक दोहोरी गायक गणेश अधिकारी र पछिल्लो समयकी व्यस्त गायीका सुनिता बुढा क्षेत्रिको आवाजमा “रुमाल बुट्टावाला ” सार्बजनिक भएको छ।
गायक अधिकारीकै शब्द /लयमा गित बजारमा आएको हो । गीतमा एरेनज पछिल्लो समयका व्यस्त एरेन्जरको रुपमा रहेका महेन्द्र भण्डारीले गरेका हुन्। पैसा वाला पाएपछि आफ्नो माया छुटेको गुनासो गितमा रहेको छ। उक्त म्युजिक भिडियोमा सारिका के सी र रिजन बस्यालले अभिनय गरेका छन। गीतको छायांकन सुरेश श्रेष्ठले गरेका छन। शिब पौडेलको सम्पादन गीतमा रहेको छ।
भिडियोको निर्देशन स्मृति तिमिल्सिना “गुरुआमा “ले गरेकी छन। गित योगसना डिजिटलको युटूब च्यानल देखि बजारमा आएको हो। गीतको सफलताको शुभकामना












