नेपाली कांग्रेस गुल्मी सत्यवती काठमाडौं सम्पर्क समितीको प्रथम अधिबेशनबाट बिमल ज्ञवाली सभापती पदमा निर्वाचित
काठमाडौ । गुल्मी जिल्ला सत्यवती गाउँपालीका देखी काठमाडौंमा बसोबास अध्ययन वा व्यवसायका क्रममा रहनु भएका नेपाली कांग्रेसमा आवद्ध व्यक्तित्वहरुको उपस्थितिमा काठमाडौंको बागबजार अवस्थित टुकी रेस्टुरेन्टमा महासमिती सदस्य ई. अमृत ज्ञवालीको सभापतित्वमा भएको भेलाले विमल ज्ञवालीको अध्यक्षतामा १९ सदस्सीय नयां कार्यसमीती चयन गरेको छ । कार्यक्रमको प्रमुख अतिथी माननिय सुवर्ण ज्वारचन, बिशिस्ट अतिथी हरु पुर्व माननीय झक बहादुर पुन (महाधिबेशन प्रतिनिधि) तुल्सिराम पाण्डे (महधिबेशन प्रतिनिधि) र डा. प्रकाश ढकाल (प्रदेश प्रतिनिधि) रहनु भएको थियो ।भेलाले नेपाली कांग्रेस गुल्मी काठमाडौं सम्पर्क समितिको अधिबेशनको लागि १० जना प्रतिनिधि पनी छनौट गरेको छ ।
प्रथम अबिधेशनले अध्यक्ष : बिमल ज्ञवाली “मेघराज “सहीत उपसभापती : उर्मिला पाण्डे, ओम प्रकाश भण्डारी ,सचिब : सन्तोष भण्डारी, खिमलाल पाण्डे ,सह – सचिब : किसन पाण्डे , गोबिन्द भण्डारी ,कोषाध्यक्षः मदन पाण्डे सदस्यहरु : रमेश फनौजे, प्रदिप ज्ञवाली, सिजन पुन, त्रिभुवन भण्डारी, लक्ष्मण श्रेष्ठ, यादब पाण्डे, बिष्णु पाण्डे, सन्तोष पाण्डे, मदन पाण्डे, होमनाथ भण्डारी , र लक्ष्मी ढकाल लाई निर्वाचीत गरेको छ । भने प्रतिनिधिहरुमा , झक बहादुर पुन , ई. अमृत ज्ञवाली तुल्सीराम पाण्डे , डा प्रकाश ढकाल , शंकर हिराचन , बिमल ज्ञवाली, लेखनाथ भण्डारी , शिवमणी भण्डारी , टी पी भुसाल, जगदिश पाण्डे रहनु भएको छ ।












