कम्युनिष्टले जनतालाई धोकादिए : राणा

प्रकाशित मिति:

रुपन्देही-नेपाली काँग्रेसका केन्द्रीय सदस्यतथापूर्व अर्थराज्यमन्त्री उदयशम्शेर राणाले स्थायी सरकारको नारा लिएर निर्वाचनमाजितेको कम्युनिष्ट पार्टीले जनतालाई धोकादिएको आरोप लगाएका छन् ।नेपालीकाँग्रेस जिल्लाकार्यसमिति रुपन्देहीले आइतबार भैरहवामा सुरु गरेको ‘घर–घर जाऔं, काँग्रेस जिताऔं’ अभियानको भैरहवामाउद्घाटन गर्दै राणाले पार्टी सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीबन्दिनभन्दापनि देशको परिस्थितिले सरकारको नेतृत्वगर्नुपरेको बताए ।

उनले पाँचवर्षकालागिजनताले सरकारको नेतृत्वगर्ने अवसर कम्युनिष्ट पार्टीलाई दिएपनित्यो हुननसकेको बताए । ‘काँग्रेसले जे बोल्छ त्यही नै गर्छ, यसपटक काँग्रेसलाई जिताउनुपर्छ, यो भनेको नेतालाई होइन, तपाई हामीआफै जित्नुपर्छ, ’उनले भने । उनले आगामी स्थानीयतहनिर्वाचनलाई मध्यनजर गर्दै प्रत्येक पालिकाले छुट्टै घोषणापत्र समेत बनाउनआवश्यक रहेको बताए । उनले विगतमा रुपन्देहीमा स्थानीयतहनिर्वाचनमाव्यवस्थापननभएकै कारणले दुईवटा पालिकामात्रकाँग्रेसले जितेकोले यसपटक राम्रो व्यवस्थापनमिलाउनसके बहुमतपालिकाजित्ने बताए ।

एमसीसी प्रस्ताव नेपालको पूर्वाधार विकासकालागिमागगरिएको नेता राणाले बताए । एमसीसीको विषयमाकाँग्रेसका नेताहरुको एउटै धारणा रहेको उनको भनाइथियो । नेकपाएमाले अध्यक्षहुँदाएमसीसी प्रस्ताव अगाडी बढे पनि देउवा नेतृत्वको सरकारमाआइसकेपछि टेबुलहुँदै छलफल पश्चात बहुमतबाट पारित भएको उनले बताए । ‘ओली सरकारमाहुँदा जसरी पनिपास गर्नुपर्छ भन्ने कुरा आउँथ्यो, तर त्यही पार्टी विपक्षमा रहँदाबोल्न सकेन, ’उनले भने ।नेपालीकांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाणले काँग्रेस हार्दा देश र जनताले दुःखपाउनेभन्दै सबै एक भएर काँग्रेसलाई जिताउनुपर्ने बताए ।

एमालेका नेताहरुले एमसीसीबारे फरकफरक धारणा राखेको उनले बताए । काँग्रेस रुपन्देहीकापूर्व जिल्ला सभापति रामचन्द्र ढकालले सक्रियताका साथनिर्वाचनको तयारीमा जुट्न नेताकार्यकर्तालाई आग्रह गरे । लुम्बिनीप्रदेशसभा सदस्य रमाअर्याल, काँग्रेस लुम्बिनीप्रदेश सदस्यबालकुमारी भण्डारी, महाधिवेशनप्रतिनिधितथामहासमिति सदस्यगंगाशाही, रुपन्देही क्षेत्र नम्बर ५ का सभापतिवसिउल्ला मुसलमान, ३ का सभापति सुशील गुरुङ, २ का सभापति हरि लम्साल, क्षेत्र नम्बर ३(१)का सभापति सुरेन्द्र जंग राणा, बुटवल उपमहानगरपालिका सभापति खेलराज पाण्डे, गैडहवा गाउँपालिका सभापति सत्यनारायण पथिक, तिलोत्तमा–८ का सभापति केशवअर्यालले बोल्दै मुलुकलाई काँग्रेसमय बनाउन एकताबद्ध भएर लाग्नुपर्ने बताए ।काँग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँणको सभापतित्व, जिल्लाउपसभापतिअनिता ढुंगाना शाहको स्वागततथा सचिव हरि काफ्लेको सञ्चालनमाकार्यक्रम सम्पन्नभएको थियो ।घर–घर जाऔं, काँग्रेस जिताऔं’ अभियानआगामी चैत २९ गतेसम्मचल्ने काँग्रेस रुपन्देहीकाउपसभापतिथानेश्वर घिमिरेले बताए ।