नुवाकोट, फागुन ३० : प्रधानमन्त्री शेरबहादुर देउवाले एमसिसीको चर्को विरोध गर्दै आएका एमाले नेता भीम रावलको चर्को आलोचना गरेका छन्। नुवाकोटको किस्पाङ गाउँपालिको प्रशासनिक भवन उद्घाटन गर्ने क्रममा आज सोमबार देउवाले विगतमा एमालेको नेतृत्वमा सरकार हुँदा मन्त्रिपरषदबाट पास गरेर संसदमा एमसिसी लैजाँदा चुपचाप बसेको र अहिले भने सबैभन्दा बढी विरोधमा उत्रिएको भन्दै देउवाले रावलको आलोचना गरेका हुन्।
‘आफ्नै पार्टीको सरकारले मन्त्रिपरषदबाट पास गरेर संसदमा एमसिसी दर्ता गराउँदा भीम रावल के हेरेर बसेरु’ उनले आक्रोशित हुँदै भने, ‘अहिले किन विरोधरु त्यतिबेला मन्त्रीबाट राजीनामा दिई बाहिर आएर विरोध गर्नुपर्थ्यो नि ? एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारले संसदमा ल्याएको एमसिसी प्रस्तावलाई आफूले पारित गरेको देउवाले स्पष्ट पारे। ‘मैले अहिले एमसिसी पास गर्दा भीमबहादुर रावललाई किन टाउको दुख्नेरु’ उनले कडा टिप्पणी गर्दै भने, ‘त्यतिबेला उहाँको दिमाग खुस्किएको थियोरु अहिले बोल्न लाज छैन?












