कोरोनाबाट मृत्यु भएकाको घरपरिवारलाई आर्थिक सहयोग

प्रकाशित मिति:

प्रकाश न्यौपाने
चैत १ गते
नवलपरासी ।पश्चिम नवलपरासी‌को रामग्राम नगरपालिकाले नगरपालिकाद्रारा कोभिड-१९ का कारणले मृत्यु भएका परिवारहरूलाई नगद २५ हजारको दरले आथिक सहयोग‌ प्रदान गरेको छ ।

रामग्राम नगरपालिका‌ले‌ आज एक कार्यक्रम गरी कोभिड-१९ को कारणले ज्यान गुमाएका २० परिवारहरूलाई नगद २५ हजारको दरले नगर प्रमुख नरेन्द्र कुमार गुप्ताले हस्तान्तरण गनु भएको छ ।

जिल्लामा सात वटा स्थानीय तहहरु भए पनि रामग्राम नगरपालिकाले पहिलो पटक कोभिड-१९को कारणले ज्यान गुमाएका परिवारहरूलाई राहत स्वरुप नगद २५ हजार को दरले आथिक सहयोग‌ प्रदान गरेको छ ।‌ नगद रकम प्रदान गदै नगर प्रमुख नरेन्द्र कुमार गुप्ताले नगरपालिका सधैँ भरी नगरबासीको दुख सुखमा साथ रहेको बताउनु भयो । कोभिड-१९ को बेलामा आफ्नो नगरबासीहरुलाई कोभिडबाट बचाउनको निम्ति सचेतामुलक सन्देश प्रसारण कोभिडबाट बाँच्ने उपायहरूको बारे स्वास्थ्यकर्मीहरूलाई परिचालन गरी न्यूनिकरण गर्न आवश्यक पहल गरेको बताउनु भयो । नगर प्रमुख गुप्ताले कोभिड-१९ को कारणले मृत्यु भएका परिवारहरूलाई चेक नदिई नगद नै रु. २५ हजार रकम प्रदान गरिएको छ ।

नगरपालिकाले नगर क्षेत्रमा कोभिड-१९को कारणले मृत्यु भएका परिवारलाई आन्तरिक स्रोतबाट प्रति परिवार नगद रु. २५ हजारको दरले परिवारहरूलाई प्रदान गरिएको रामग्राम नगरपालिका लेखा अधिकृत संजय शर्माले बताउनु भयो ।

नगर क्षेत्रमा कोभिड-१९ को कारणले मृत्यु भएका ३८ जना को मृत्यु भएको नगरपालिकाका स्वास्थ्य शाखाका हेअ सुरज हरिजन गौतमले जानकारी दिए । उनको अनुसार नगरपालिकामा ३८ जनाको कोभिड १९ को कारण मृत्यु भएको जसमध्ये २० जना निवेदन आएको बाँकी १८ जना निवेदन अनुसार क्रमशः नगद रकम प्रदान गर्दै जाने बताइएको छ ।