पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, पेट्रोल प्रतिलिटर १५५ रुपैयाँ

प्रकाशित मिति:

काठमाडौँ– पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ ।नेपाल आयल निगमले दुई हप्ता नबित्दै पुनः पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।पेट्रोल, डिजेल र मट्टितेलमा पाँच–पाँच रुपैयाँ बढाइएको छ ।

अब पेट्रोलको मूल्य प्रतिलिटर १५५ रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य १३८ रुपैयाँ कायम भएको छ । नयाँ मूल्य आज राति १२ बजेदेखि लागु हुने निगमले जनाएको छ ।