बुटवल । लायन्स क्लव अफ बुटवल देउरालीको छैठौ अधिवेशनबाट बर्ष २०२२–२३ का लागि रमेस पाण्डे अध्यक्ष रहेको नयां कार्यसमिति चयन भएको छ । क्लबको निवर्तमान अध्यक्षमा ज्ञानप्रसाद पौडेल, प्रथम उपाध्यक्षमा दिपक पन्थी,.द्वितीय उपाध्यक्षमा कृष्णप्रसाद भण्डारी,तृतिय उपाध्यक्षमा माधवराज पोख्रेल,सचिवमा मोहनीलाल रिजाल, कोषाध्यक्षमा यमप्रसाद बस्याल, सहसचिव अर्जुन पाण्डे र सह–कोषाध्यक्षमा लालप्रसाद बस्याल रहेका छन् ।
यस्तै मेम्बरसिप डाइरेक्टरमा राजकुमार गुप्ता, टेल टुइस्टरमा ललित पाण्डे, टेमरमा खगेन्द्र पाण्डे, पिआरओमा मनिराम पौडेल,डाइरेक्टरहरुमा मनोहर न्यौपाने, मात्रिकाप्रसाद अधिकारी, केशव शर्मा बन्जाडे,बिष्णुप्रसाद पाण्डे, देवु प्रसाद खनाल चयन भएका छन् । नयां समितिको कार्यकाल जुलाई १ बाट शुरू हुनेछ ।












