अनुगमन फितलो बन्दा सैनामैनामा सालको रुख आगो लगाएर ढालियोे

प्रकाशित मिति:

सुरेश परियार/रातारात आगो लगाएर हरियो सालको रुख ढालिएको छ । सैनामैना वडा न.६,भरतपुर टोल स्थित चुन्ना भण्डारीको जग्गामा रहेको सो सालको रुख चैत्र ९ गते राती आगो लगाएर ढालिएको पाइएको हो । नजिकै रहेको इंगुरिया सामुदायिक वन उपभोक्ता समितिको कडा निगरानी नहुदाँ अवैध रुपमा हुने यि यस्ता गतिविधी भईरहेका छन् ।

इंगुरिया सामुदायिक वन उपभोक्ता समितिका कोषाध्यक्ष युवराज वि.कले रातारात सालको रुख आगो लगाएर ढलाइएको बताएका छन् ।उनका अनुसार सालको लम्बाई ५९ फुट,फेदको गोलाई १०४ ईन्च,विचको गोलाई ६० ईन्ची,टुप्पोको गोलाई ४६ ईन्च,हाँगाको लम्बाई ८ फुट,हाँगाको गोलाई ६५ ईन्च रहेको छ ।

यो गैरकानुनी काम भएकोे वि.कले बताए । यो गतिविधी कस्ले गर्यो,कसरी भयो भन्ने कुरा अहिले सम्म नखुलेको र सो विषयमा खोजीकार्य भएको जानकारी दिए ।यो कार्यमा संलग्नलाई वन ऐन अन्र्तगत कार्वाहीको दायरामा ल्याइने समेत कोषाध्यक्ष वि.कको भनाई छ ।सो साल रुखको बजार मुल्य रु.३ लाख पर्ने जाने अनुमान गरिएको छ । यसरी रुख विरुवालाई काट्न नपाईने कानुनी प्रावधान छ । तर,नजिकै रहेको सामुदायिक वन मुखदर्शक बन्दा अवैध रुपमा हुने गतिविधी सो ठाउँमा मौलाउन सुरु भएको सजिलै बुझ्न सकिन्छ ।

थप समाचार