सैनामैनाको एक वडा कार्यालयमा लगाइएको ताला खुल्यो

प्रकाशित मिति:

सुरेश परियार,चैत्र ११ गते-सैनामैना नगरपालिका वडा न.९को वडा कार्यालयमा लगाइएको ताला खुलाइएको छ । वडा कार्यालयले केहीलाई माटो उत्खनन् गर्न दिने र केही माटो ब्यवसायीलाई नदिने गरेको आरोप ति ब्यवसायीहरुले लगाउँदै आज अचानक वडा कार्यालयमा ताला लगाएको पाइएको हो ।

ति ब्यवसायीले वडा अध्यक्ष र कर्मचारीको कार्यकक्षामा ताला लगाएको हुन् । ताला लगाएको १ घण्टा पछि इलाका प्रहरी कार्यालय सालझण्डीले ताला खुलाएको छ ।माटो उत्खनन् गर्न नदिएको भन्दै आफु नभएको समयमा ति माटो ब्यवसायीले ताला लगाएको सैनामैना वडा न.९का वडा अध्यक्ष डोलनाथ भण्डारीले जानकारी दिएका छन् ।

वडा अध्यक्ष भण्डारी भन्छन,वडामा माटो उत्खनन् गर्ने कार्य हामीले रोकौँ,त्यसपछि ति ब्यवसायीले किन हामीलाई गर्न दिइएन भनेर ताला लगाएका हुन् उनले भने । कानुनी विपरित आफुले माटो उत्खनन् गर्न नदिने अडान वडा अध्यक्ष भण्डारीको छ । वडा अध्यक्ष भण्डारीले विना जानकारी आक्रमक तरिकाले वडामा ताला लगाएकोको प्रति भत्र्सना समेत गरेका छन् ।