नेविसंघ अध्यक्षमा दुजाङ शेर्पालाई मनोनीत गरेको भन्दै विरोध प्रदर्शन

प्रकाशित मिति:

काठमाडौं, चैत ११ – नेविसंघको तदर्थ समितिको अध्यक्षमा दुजाङ शेर्पालाई मनोनीत गरेको भन्दै असन्तुष्ट पक्षले कांग्रेस पार्टी कार्यालय सानेपाअघि विरोध प्रदर्शन गरेको छ।शुक्रबार केन्द्रीय समितिको बैठक बसिरहँदा उनीहरुले नाराबाजीसहित प्रदर्शन गरेका हुन्।

गत बुधबार सभापति शेरबहादुर देउवाले नेविसंघ अध्यक्षमा दुजाङ शेर्पा र तरुण दलको अध्यक्षमा विद्वान गुरुङलाई नियुक्त गर्नुभएको थियो।नियुक्तिपछि असन्तुष्ट शेखर कोइराला समूहका विद्यार्थी नेताहरूले विरोध प्रदर्शन गरेका हुन्।प्रदर्शनमा सहभागीहरुले अरु केही जान्दैनौं, एकाधिकार मान्दैनौ, न्यायोचित अवसरका लागि हाम्रो अभियान लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए।