धुलाम्मे बन्यो कलौनी बजार,स्थानीय आक्रोशित

प्रकाशित मिति:

सुरेश परियार/सडक विभागको चरम लाप्रवाहिका कारण अधुरोबाटो पुर्ण नहुदाँ यतिबेला सैनामैनाको कलौनी बजार धुलाम्मे बनेको छ ।लामो समय देखि निर्माणधिन अवस्थामा रहेको पुर्व पश्चिम राजमार्ग अन्र्तगत सैनामैना वडा न.६ कलौनीमा पर्ने सो राजमार्गलाई विभागले निर्माण कार्यमा ढिलासुस्ती गर्दा चौतफीक रुपमा धुलो प्रदुषण भइरहेको छ ।

धुलो प्रदुषणका कारण यात्रा गर्ने सर्वसाधारण,ब्यापार,ब्यवसायहरुले सास्ती भोगिरहेका छन भने समग्र कलौनी बजार धुलोको भुमरिमा रोमलिएको छ ।जसका कारण मानव स्वास्थ्यमा प्रतिकुल असर परेकै छ भने सवारी दुर्घटना दिनानुदिन बढिरहेको छ ।निर्माण कार्य छिटो सम्पन्न गर्न स्थानीयहरुले सडक विभागलाई बराम्बार ताकेता गर्दा समेत चासो नदेखाएपछि शानिबार सकडकमै उत्रिएर स्थानीयहरुले विरोध गरेका छन् ।

विहान ८ बजे देखि ११ बजे सम्म पुर्व –पश्चिम राजमार्ग समेत ठप्प पारेका हुन् । निर्माण कार्य सम्पन्न नहुन्ञ्जेल सम्म बाटोमा नियमित पानी हाल्नुपर्ने र तत्काल पिचका लागी गृहकार्य अघि बढाउन आग्रह गर्दै यदि फेरी पनि आफुहरुको माग सुनुवाई नभए आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।

थप समाचार