वालिङ, चैत । गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्रालयले स्याङ्जाका विभिन्न १९ वटा खेलमैदानको निर्माण एवं स्तरोन्नति गर्ने भएको छ । नेपाली काँग्रेसका सचेतक एवं सांसद भागवतप्रकाश मल्लको पहलमा मन्त्रालयको आर्थिक वर्ष २०७८÷०७९ को बजेट तथा कार्यक्रममा समावेश भएका खेलमैदानहरुको निर्माण तथा स्तरोन्नतिकालागि ‘खेलमैदानको निर्माण एवं स्तरोन्नतिसम्बन्धी मापदण्ड २०७८’ बमोजिम कार्यान्वयन प्रक्रिया अगाडि बढाईएको हो ।
स्याङ्जा जिल्लाका विभिन्न ठाउँमा खेलमैदान निर्माण गर्ने र भएकालाई स्तरोन्नति गर्नकालागि खेलकुद मन्त्रालयसँगको समन्वय तथा पहलमा यस आर्थिक वर्षमा १९ वटा योजनाहरु स्वीकृत गराईएको सांसद मल्लले बताउनुभयो । छनोट भएका संघसंस्था तथा क्लबहरुले योजना सम्झौता गरेर लगत्तै निर्माण कार्य थाल्नुपर्ने उहाँले बताउनुभयो ।स्याङ्जाको भीरकोट १ सिसौघारीमा भीरकोट खेलमैदान, हरिनास गाउँपालिका २ तारामा तरेली शाहसी युवाक्लबको खेलमैदान, विरुवा गाउँपालिका ३ धोबादीमा फ्यूचर स्टार युवाक्लबको खेलमैदान, विरुवा ८ मा थ्रिस्टार युवाक्लबको खेलमैदान, फेदीखोला गाउँपालिका २ मा सिद्धार्थ माविको खेलमैदान, वालिङ नगरपालिका ३ मा माझकोट माविको खेलमैदान,
वालिङ १२ मा घुरुङ्खा माविको खेलमैदान, वालिङ ७ को नवसृष्टि युवाक्लबको खेलमैदान, ७ कै सिर्जनशिल लाङ्घाली युवाक्लबको खेलमैदान, ७ कै आदर्श लाङ्घाली युवाक्लब, ७ कै सिद्धविनायक युवाक्लब, पुतलीबजार ८ गैडाकोटको नवप्रतिभा युवाक्लबको खेलमैदान, चापाकोट ५ सेखामको सिर्जना युवाक्लबको खेलमैदान, चापकोट ६ को ग्रामीण सहारा खेलमैदान, कालीगण्डकी गाउँपालिका ६ को लालीगुराँस खेलमैदान, गल्याङ ४ को दुधेचौर युथक्लबको खेलमैदान, आँधीखोला गाउँपालिका १ को सिरुबारी खेलमैदान निर्माण, फेदीखोला गाउँपालिका १ को दामगाडे माविको खेलमैदान रहेका छन् ।












