गल्याङ नगरपालिका वडा न १ वडाध्यक्षमा कांग्रेस बाट बलिया उम्मेदवार

प्रकाशित मिति:

अघिल्लो निर्वाचनमा गल्याङ नगरपालिकाको वडा नं १ मा नेपाली कम्युनिष्ट पार्टी एमालेका गणेश प्रसाद बस्यालले ८३० मत ल्याएर विजयी हुँदा उनको प्रतिद्धन्दी नेपाली काँग्रेसका शालिक राम बस्यालले ६४८ र नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका उमाखर पाण्डेले ३५ मत ल्याएका थिए । यतिबेला देशैभर चुनावी सरगर्मी बढिरहेको छ। हरेक ठाउँमा सम्भावित उम्मेदवारको चर्चा सुरु भएको छ। यस्तैमा स्याङ्जाको सर्वाधिक चर्चामा रहेको वडा गल्याङ नगरपालिका वडा न १ मालुङ्गामा नेपाली कांग्रेस बाट स्थलगत रिपोर्ट अनुसार ४ जनाको नाम यतिबेला सर्वाधिक चर्चामा र आम जनमानसमा रोजाइको पात्र बनेका छन। यद्यपि पार्टी बैठकमा भने ११ जनाले आकाङ्क्षा ब्यक्त गरेका छन।

शालिकराम बस्याल- अघिल्लो निर्वाचनमा पराजित बनेका शालिकराम बस्याल नेपाली कांग्रेसका पुराना नेताको रुपमा चिनिन्छन। मालुङ्गा कांग्रेसको शाख जोगाउन र कामका लागि पनि शालिकराम बस्याल उपयुक्त उम्मेदवार हुने कार्यकर्ता बताउछन। उनी विभिन्न सामाजिक कामको अगुवाइ गर्दै निरन्तर पार्टीमा खटिरहेको र यसपटक उनलाई उम्मेदवार बनाएर बिजयी गराउनुपर्ने स्थानीय होम बस्यालले बताएका छन।

खगेन्द्र भण्डारी-सामाजिक अभियान्ता एवम् प्रष्ट बक्ता युवा नेताको छवि बनाएका खगेन्द्र भण्डारी पछिल्लो समय मालुङ्गा कांग्रेस कांग्रेसको भबिस्य भएको स्थानियहरु बताउछन । स्पष्ट बिस्लेषण र भिजन सहित अघि बढ्ने उनी नेपाली कांग्रेस गल्याङ नगरपालिकाको सचिव समेत हुन। स्ववियु सभापति हुँदै वडा सचिव समेत बनिसकेका उनी यो निर्वाचनमा उम्मेदवार भएमा अन्य पार्टी का कार्यकर्ताले समेत सहयोग गर्ने पाइएको छ। युवाहरु मात्रै नभएर सर्वसाधारणबिच लोकप्रिय उनलाइ पार्टिले उम्मेदवार बनाएको खण्डमा उनको तर्क सङ्गत कामले भिन्न पार्टी निकटका जनताको भोट समेत प्राप्त हुने र निर्वाचित हुनेमा बिस्वस्त रहेको स्थानिय इन्द्र बस्यालले बताएका छन।

रमेश बस्याल- नेपाल तरुण दल मालुङ्गाको राजनीति बाट अघि बढेका रमेश बस्याल हाल प्रदेश क्षेत्रको सचिव रहेका छन । मालुङ्गामा विभिन्न गतिविधि मा सन्लग्न उनलाइ नयाँ उम्मेदवार को रुपमा प्रस्तुत गर्न हुने स्थानिय हरि बस्याल ले बताएका छन

मणि बस्याल-वडाका सभापति समेत रहेका मणि बस्याल नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बन्नसक्ने स्थानियहरु बताउछन। कार्यकर्तामा खोजिएका उनी नेपाली कांग्रेसको लागि आगामी उम्मेदवार बन्न सक्ने बुझिएको छ।

कृष्णमणि बस्याल- पार्टीका पुराना नेता एवम् तत्कालिन मालुङ्गा गाबिसका कांग्रेस सभापति समेत रहेका कृष्णमणि बस्याल नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार रहन सक्ने बताएइको छ। उनी लामो समय देखि कृयाशिल कार्यकर्ताको रुपमा रहेको स्थानियहरु बताउछन। नेपाली कांग्रेसको आन्तरिक किचलोमा मिलाउन पर्ने बताउने उनी सम्भावित उम्मेदवारको रुपमा रहेको स्थानिय कृष्ण तिवारी बताउछन।