स्याङ्जा । गण्डकी प्रदेश र लुम्वीनी प्रदेश जोड्ने पुल निमार्णका लागी वजेट विनीयोजन भई टेन्डर आवाहान गरीएको छ । करीव २५ करोडको लागतमा गण्डकी प्रदेशको स्याङ्जा र लुम्वीनी प्रदेशको पाल्पाको राम्दीमा पक्की पुल वन्नेछ । केन्द्र सरकारको वजेट वाट वन्न लागेको पुलको निमार्णका लागी गण्डकी प्रदेश सभामा त्यस क्षेत्रका माननीय भागवत प्रकाश मल्लले पटक पटक आवाज उठाउनु भएको थियो । पुल २ वर्ष भित्र वनीसक्नेछ । गण्डकी प्रदेशका माननीय भागवत प्रकाश मल्ल , मन्त्री मेखलााल श्रेष्ठको पहलमा नेपाली कांग्रेसको सरकारले पुलका लागी वजेट बिनीयोजन गरेको हो । टेन्डर प्रकृया सकीएपछी काम शुचारु हुने प्रदेश सांसद मल्लले वताउनु भयो ।













