प्रकाश न्यौपाने
चैत्र १९ गते
नवलपरासी । कला र साहित्य क्षेत्रबाट समाज परिवर्तन गर्न सकिने बरिस्ठ कलाकार टीका बहादुर पहारीले बताउनु भयो । बर्दघाट साहित्य समाजको दोस्रो साधारण सभा एव रचना बाचन कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै पहारीले समाजमा रहेका बस्तुस्थिती र यथार्थ चित्रण कला र साहित्य मार्फत उठान गरि समाजलाई सहि दिशानिर्देश गर्न सक्नु पर्ने तर्फ जोडदिदै उहाले नया पुस्तामाझ सस्कृती र सस्कारलाई जोडेर लगेमा समाज परिवर्तन गर्न सकिने उहाको तर्क छ । कलाकर्मिको कुनै पनि राजनीतिक रङ नहुनेमा जोड दिदै उहाले कलाकार र साहित्यकर्मीले राजनितीलाई जोडेर समाज परिवर्तनकालाई महत्वपूर्ण भुमिका निर्वाह गर्नु पर्ने बताउनु भयो ।
बिशेष अतिथिको रुपमा बोल्दै साहित्य प्रेमी एवम् समाजसेवी रुद्र प्रकाश उपाध्यायले समाजका हरेक पक्षलाई आलोचनात्मक खबरदारी गर्नु पर्ने बताउनु भयो । अहिले हरेक नेतृत्वले प्रशंसा मात्रै खोज्ने भएको हुदा यस्ता कार्यक्रममा उहाहरुको उपस्थिति निकै कम हुने उल्लेख गर्दै सकारात्मक आलोचना पनि ग्रहण गर्न नसकेको जिकिर गर्नु भयो । साहित्य क्षेत्रको उत्थानका लागि संचालित बर्दघाट साहित्य समाजको नगरपालिकाले संरक्षण गर्ने नसकेको प्रती दुख ब्यक्त गर्नु भयो। कार्यक्रममा सहभागीहरुले रचना बाचन समेत गरिएका थिए।साहित्य क्षेत्रमा योगदान पुर्याउने संघ सस्थाहरुलाई प्रमाणपत्र प्रदान गरि सम्मान गरिएको थियो।

कार्यक्रम बर्दघाट साहित्य समाजका अध्यक्ष दिनानाथ पौडेलको अध्यक्षमा भएको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष हुमनाथ आचार्यको रहेको कार्यक्रमको सन्चालन समाजका सचिव रबिन शर्मा चापागाईले गर्नु भएको थियो।


थप समाचार
आफू जलिरहे… समाज उज्यालो बनाइरहे
२ दिन अघि










