ठकुरी समाज महासंघ नेपालको चौथो महाधिबेशन शुरु

प्रकाशित मिति:

तिलोत्तमा-२०७८ चैत्र १९ गते। ठकुरी समाज महासंघ नेपालको चौथो महाधिबेशन शुरु भएको छ। दर्शन कल्याण ठकुरी समाजको भवन तिलोत्तमा-४ विष्णुपुर रुपन्देहीमा शुरु सो महाधिबेशनले महासंघमा आबद्ध ठकुरी समाजको प्रतिनिधिबाट नयाँ कार्यसमिति चयन गर्ने छ। समाजका अध्यक्ष खिम बहादुर शाहीको अध्यक्षता तथा पुर्व मन्त्री प्रेम बहादुर सिंहको प्रमुख आतिथ्यतामा समुद्घाटन समारोह सम्पन्न भएको छ ।

शुक्रबार एक पत्रकार सम्मेलन गरि महाधिबेशनको बारेमा बताइएको थियो। महाधिबेशनमा देशभरका ठकुरी समाजका पदाधिकारी तथा प्रतिनिधि महिला तथा सज्जन बृन्द हरुको उपस्थिति रहेको थियो। ठकुरी जाती र समुदायको हक हित र सम्बर्धनका लागी जिल्लामा स्थापित ठकुरी समुदायको छाता संगठनको रुपमा स्थापित महासंघले हरेक जिल्लाबाट प्रतिनिधित्व हुने गरि नयाँ समिति चयन गर्ने ठकुरी समाज महासंघका संस्थापक अध्यक्ष तथा विशिष्ट अतिथि मोहन बिक्रम शाहले बताउनुभयो। आज सम्पन्न खुल्ला सत्र कार्यक्रममा बोल्दै पुर्व मन्त्री तथा कार्यक्रममका प्रमुख अतिथि प्रेम बहादुर सिंहले ठकुरी हरुको बास्तबिक पहिचान र अस्तित्व स्थापना गर्न सबै ठकुरी समाज र जातिहरु एक बद्ध भएर लाग्नु पर्ने बताउनुभयो। उहाँले देशको भूमिलाई एक शुत्रमा बाध्ने ठकुरीको ईतिहास निकै गौरव पुर्ण भएकाले सबै जातिको सम्मान गर्दै आफ्नो पहिचान स्थापना गर्नुपर्ने बताउनुभयो।

सकुन्तला शाहीको स्वागत मन्तब्य बाटा शुरु सो कार्यक्रमममा संस्थापक अध्यक्ष तथा विशिष्ट अतिथि मोहन बिक्रम शाह, पुर्व सभासद सुर्य बहादुर सेन, निबर्तमान अध्यक्ष कमल मल्ल , सल्लाहकार सम्मर बहादुर सिंह , दर्शन कल्याण ठकुरी समाज रुपन्देहीका अध्यक्ष राम बहादुर चन्द, सल्लाहकार तथा साहित्यकार जंग बहादुर शाह , दशनामी समाजका शिवलाल पुरी, ब्राह्मण समाजका रोहिणी पाठक, क्षेत्री समाजका लेक बहादुर कार्कीको समेत उपस्थिति रहेको थियो। समाजले बिधान संशोधन तथा थर सुचिकृत अनुमोदन प्रक्रियालाई अधिबेशनमा प्रस्ताव गर्ने बताएको छ। समाजको बन्द शत्र शुरु भैसकेको र आइतबारमात्र समिति टुंगिने समाजका केन्द्रिय सचिव रुद्र राज सिंह ठकुरीले बताउनुभयो। समाजको महाधिबेशन कार्यक्रममा विभिन्न ठकुरी समाजका सास्कृतिक प्रस्तुति, भोइस अफ नेपाल किड्सका उपविजेता सुप्रिम मल्ल ठकुरीको गायन प्रस्तुति, नृत्य तथा कबिता प्रस्तुत गरिएको थियो।