कांग्रेस सैनामैना–७,वडा कार्यालय उद्घाटन,एमाले,माओवादी त्यागी ६० जना कांग्रेसमा प्रवेश

प्रकाशित मिति:

सुरेश परियार/नेपाली कांग्रेस सैनामैना वडा न.७ को वडा कार्यालय उद्धघाटन गरिएको छ । कांग्रेस रुपन्देही जिल्ला सभापति रामकृष्ण खाँणले सो निर्वाचन परिचालन कार्यालयको आज उद्घाटन गरेका हुन् ।आगामी स्थानीय तहको चुनावलाई लिएर निर्वाचन परिचालनका लागी पार्टि कार्यालय खोलिएको हो ।

यस्तै सो अवसरमा वडागत युवा परिचालन समिति गठन भएको छ । वडा युवा परिचालन समितिको संयोजकत्वमा चित्र थापा,सह संयोजकमा ईश्वर दर्लामी,सुनिल गुरुङ्ग,सचिबमा सुरज गुरुङ,सहसचिबमा दिल बहादुर गुरुङ,कोषाध्यक्षमा नवराज कार्की र बाँकी २० जना सदस्यमा चयन भएका छन् ।सोही अवसरमा नेकपा एमाले,माओवादी केन्द्र,राष्ट्रीय जनमुक्ति लगायत पार्टिबाट परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश भएका छन् । राष्ट्रिय जनमुक्ति पार्टि निवर्तमान वडा सचिब झुमा दर्लामी,एमाले वडा कमिटि सदस्य धन बहादुर खत्री लगायत कांग्रेसमा प्रवेश भएका छन् ।

सो कार्यालयको उद्घाटन गर्दै काँग्रेस जिल्ला सभापति रामकृष्ण खाँणले काँग्रेसले तिनै तहको निर्वाचन जित्ने दाबी गरेका छन् । काँग्रेसले जनताको जनभावना बुझेर गाउँगाउँमा संगठन विस्तार गरेको छ उहाँले भन्नुभयो—काँग्रेसप्रति जनताको विश्वास र अकार्षक बढेको छ, पार्टी संगठनात्मक रुपले बलियो भएकोले चुनाव जित्ने निश्चित छ ।सभापति खाँणले राष्ट्रियता, मुलुकको शान्ति, समृद्धि र विकासका लागि रुपन्देहीमा पाँच दलले चुनाबी गठबन्धन गरेको जानकारी गराए । खाँण्डले चुनाबी गठबन्धन देखेर एमाले अत्तालिएको भन्दै एमालेको ज्यातदीको विरुद्ध चुनाबी तालमेल आवश्यक रहेको ठहर गरे ।

उनले नेकपा एमाले नेतृत्वको दुई तिहाई बहुमत प्राप्त सरकारले सरकार चलाउन सकेन, भ्रष्टाचार, आर्थिक मन्दी, सुकुम्बसीलाई लालपुर्जा वितरण गर्ने लगायतका झुठा आश्वासन र एमसीसीका बारेमा भ्रम सिर्जना गरेकोले जनताको घर—घरमा गएर काँग्रेसले गरेका राम्रा कामको बारेमा बुझाउन नेता कार्यकर्तालाई आग्रह समेत गरे ।उनले मिलेनियम च्यालेन्ज कार्पोरेसन एमसीसी नेपालको हितमा रहेको भन्दै एमसीसी परियोजनाबाट मुलुकको विकास निर्माणको कार्यहरुमा सहयोग पुग्ने बताए ।

कार्यक्रम कांग्रेस वडा सभापति टिकाराम उप्रेतीको अध्यक्षता,कांग्रेस जिल्ला सभापति रामकृष्ण खाँणको प्रमुख आतिथ्यता,कांग्रेस प्रदेश सदस्य प्रचण्ड न्यौपाने‐गुन्टु) प्रदेश सदस्य चित्र बहादुर केसी,माया ज्ञवालीको विशिष्ट आतिथ्यता तथा महासमिति सदस्य विष्णु पोख्रेल,महासमिति प्रतिनिधी फणिन्द्र शर्मा,जिल्ला सदस्य नारायण खनाल,क्षेत्रीय सचिब कृष्ण प्रसाद शर्मा,काग्रेस सैनामैना नगरसभापति रण बहादुर खनाल,क्षेत्रीय सहसचिब टिकाराम न्यौपाने,प्रदेश प्रतिनिधी खिमराज पोख्रेल लगायतको आतिथ्यता रहेको थियो ।कार्यक्रममा कांग्रेस वडा न.७ उपसभापति शिवराज पोख्रेलको स्वागत तथा सचिब कृष्ण ज्ञवालीको सञ्चालनमा देउवपारमा सो कार्यक्रम भएको हो । कार्यक्रममा ३ सय ८७ जनाको सहभागिता रहेको क्षेत्रीय प्रतिनिधी दिपक काउचा मगरले जानकारी दिए ।