माओवादी केन्द्र लुम्विनीद्धारा रमजानको शुभकामना व्यक्त

प्रकाशित मिति:

बुटवल । मुस्लिम समुदायको पर्व रमजान आजदेखि शुरु भएको छ । यो पर्व एक महिना सम्म मनाईन्छ । रमजानको अवसरमा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र लुम्विनी प्रदेश समितिले शुभकामना व्यक्त गरेको छ । प्रदेशका इन्चार्ज चक्रपाणि खनाल बलदेव अध्यक्ष सुदर्शन वराल र सचिव कृष्ण अधिकारीद्धारा हस्ताक्षरित शुभकामना सन्देशमा हाम्रा पर्वहरुले विभिन्न जातजाति भाषा भाषिलाई एउटा सूत्रमा बाध्ने काम गरेको उल्लेख छ ।

नेपालको बहुभाषिक बहु सास्कृतिक विविधतालाई सम्बोधन गर्न पार्टीले धर्म निरपेक्षता, समाबेशिता समानुपातिक प्रतिनिधित्व लगायतका विषयलाई प्राथमिकताका साथ उठान उल्लेख गरिएको शुभकामना सन्देशमा भनिएको छ – नेपालको बहुभाषिक बहुसास्कृतीक विविधतालाई सम्बोधन गर्न हाम्रो पार्टी धर्म निरपेक्षता, समाबेशिता, समानुपातिक प्रतिनिधित्व लगायतका विषयलाई प्राथमिकताका साथ उठान गर्दे आएको कुरा सर्वविदितै छ । लामो संघर्ष र वलिदान पश्चात यी विषय हामीले संविधानमा ग्यारेन्टी गरेका छौं ।

जनसंख्याको आधारमा राज्यको सबै अंगमा समानुपातिक प्रतिनिधित्वको सुनिश्चितता गर्न लडिरहेका छौं । बास्तबिक रूपमा नेपाल सबै जात जाति भाषा भाषीको सुन्दर फुलबारि बनाउन हाम्रो पार्टी प्रयत्नशील रहेको छ । यसमा सबै समुदायको साथ र सहकार्य जरुरी छ ।’
लुम्बिनी प्रदेशमा मुस्लिम समुदायको उपस्थिति उल्लेख्य रहेको र रमजान पर्वले छरिएर बसेका सब मुस्लिम समुदायलाई एकाकार भएर बस्नअभिप्रेरित गर्ने शुभकामना सन्देशमा उल्लेख गरिएको छ ।