भैरहवा, २० चैत । लुम्विनी ट्रक यातायात ब्यबसायी सघं शिद्धार्थनगर भैरहवाको अध्यक्षमा पुनः बिष्णुु प्रशाद खरेल सर्वसम्वत निर्वाचीत भएका छन् । सघंको १० औ साधारण सभा तथा पाचौ अबिधेसनबाट संस्थापक खरेल पाचौं कार्यकालकोलागी सर्वसम्वत अध्यक्ष भएका हुुन् । निर्वाचीत अध्यक्ष खरेलले निर्वाचन सगैं आफुुमाथी थप जिम्मेवारी आएको भन्दै सवै ब्यबसायी सघं सहकार्य गरेर ब्यबसायीको हकहितमा लाग्ने बताए । उनले नयाँ तथा पुुराना साथीहरुलाई मिलाएर लैजाने र समन्वयमा काम गर्ने प्रतिबद्धता समेत जनाए ।
त्यस्तै सघंको बिरिष्ठ उपाध्यक्षमा मधुुसुुदन आचार्य, प्रथम उपाध्यक्षमा सुनिलराज विष्ट, उपाध्यक्षमा बिष्णुु प्रसाद सुवेदी र महासचिवमा रुमाखर गौतम सर्वसम्वत भएका छन् । महासचिव गौतम पनि पाचौं कार्यकालकोलागी सर्वसम्वत भएका हुुन् । त्यस्तै सचिवमा बाल किसुुन गुुप्ता बानीयन र सचिवमा सन्तराम पाण्डे निर्वाचीत हुुनुुभएको हो । सचिवका प्रत्यासी लिला प्रसाद श्रेष्ठलाई पछि पार्दै बानीया र कोषाध्यक्षका प्रत्यासी बसन्त भट्टराई पछि पार्दै पाण्डे निर्वाचीत भएका हुुन् । त्यस्तै सदस्यहरुमा रबिन खरेल, झवीन्द्र कुुमार चोखला, जगदिस प्रसाद चौधरी, कमलेस गौतम र बैजनाथ यादव निर्वीरोध निर्वाची भएका निर्वाचन अधीकृत जगत बाहादुुर रायमाझीले जानकारी दिए । निर्वाचीत कार्यसमीतीले आईतवार पदभार ग्रहण गरेका छन् । निर्वाचन अधीकृत रायमाझीको अध्यक्षता, निर्वाचन समीती सदस्य प्रख्यात बञ्जाडेको सचांलनमा सम्पन्न भएको कार्यक्रममा नेपाल उद्योग बाणीज्य महासघंका केन्द्रीय सदस्य महेन्द्र कुुमार श्रेष्ठ, सघंका अध्यक्ष बिष्णुु प्रसाद खरेल, बरिष्ठ उपाध्यक्ष मधुुसुुदन आचार्य, सुुनवल उद्योग बाणीज्य सघंका अध्यक्ष रमेश कर्माचार्य, प्रकास श्रेष्ठ लगायतले बोलेका थिए ।
मा कार्यक्रममा बोल्दै ब्यबसायीहरुले राज्यले वेवास्ता गर्दा ट्रक यातायत क्षेत्र धरासायी भएको र ब्यबसायीहरु पलायएन हुने अवस्थामा पुगेको बताए । पेट्रेलीयम पदार्थमा भारी मुल्य बृद्धी हुुदाँ समेत ढुुवानीमा भाडा समायोजना नभएको भन्दै ब्यबसायीहरुले तत्काल भाडा बढाउन समेत माग गरेका छन् । कार्यक्रममा बोल्दै नेपाल ट्रक यातायात ब्यबसायी महासघंका अध्यक्ष राजेन्द्र कुुमार श्रेष्ठले कोरोनाका कारण थला परेको यातायात क्षेत्र अहीले भाडा समयोजन नहुुदाँ थप समस्यामा परेको बताउनुुभयो । ट्रक ब्यबसायीले गरेको योगदान राज्यले बुुझ्न नसकेको भन्दै उहाँले कहीले काही ब्यबसायी एक नहुुदा समेत राज्यले आफुुहरुलाई बेवास्ता गरेको बताउनुुभयो । उहाँले भारतबाट आएका १५।२० बर्ष पुराना र क्षमता भन्दा बढी सामान लिएर आएका ट्रकहरुलाई भन्सार बिन्दुमै रोक्नु पर्नेमा जोड दिनुुभयो । त्यस्तै नेपाल ट्रक यातायात ब्यबसायी महासघंका निर्वतमान अध्यक्ष अर्जुुन रानाभाटले भारतीय गाडी भन्सारबाट सिधै समान लिएर नेपालका कुना कुनामा पुग्दा नेपाली ट्रकहरु भने समान नपाएर बस्नुु पर्ने बाध्यता रहेको बताउनुुभयो । यस्तो अवस्थामा राज्यले भन्सार सम्ममात्र भारतीय गाडीलाई ईजाजत दिएर नेपालमा नेपाली गाडीलेनै बोन्ने बाताबरण मिलाउनु पर्ने माग उहाँको थियो ।
महासघंका बरिष्ठ उपाध्यक्ष लोकराज पोखरेलले नेपाल भित्र ढुवानी गर्न नेपाली ब्यबसायी सक्षम रहेको भन्दै राज्यले त्यही अनुसारको निती बनाउनु पर्नेमा जोड दिनुुभयो । कार्यक्रममा बोल्दै लुम्विनी ट्रक यातायत ब्यबसायी सघंका अध्यक्ष बिष्णु प्रसाद खरेलले अविलम्ब भाडा समायोजनको माग गर्दै समायोजन भएको भाडा कार्यान्वयन हुुनुु पर्ने बताउनुुभयो । यातायात क्षेत्रका समस्याबारे राज्यका सवै निकाय जानकार भएर पनि नितीगत ब्यबस्था सुुधार गर्न वेवास्ता भईरहेको उहाँले बताउनुुभयो । लुुम्विनी ट्रक यातायात ब्यबसायी सघंका महासचिव रुमाखर गौतमको संचालन बरिष्ठ उपाध्यक्ष मधुुसुुधन आचार्यको स्वागतमा भएको कार्यक्रममा महासघंका महासचिव राजेन्द्र बिक्रम बानीया, नेपाल उद्योग बाणीज्य महासघंका केन्द्रीय सदस्य महेन्द्र कुुमार श्रेष्ठ, नारायणी यातायात समीतीका अध्यक्ष हिरालाल श्रेष्ठ, सिद्धार्थ नगर नगरपालीकाका मेयर हरिप्रसाद अधीकारी, सघंका बरिष्ठ सल्लाहकार शसि न्यौपाने, महासघंका लुुम्विनी प्रदेश सयोंजक यम प्रसाद पाण्डे, बाणगंगा यातायात समीतीका अध्यक्ष बिष्णुु प्रसाद न्यौपाने, नारायणी यातायात प्रालीका अध्यक्ष गोकर्ण प्रसाद पराजुुली, उद्योग ब्यापार सगंठन रुपन्देहीका अध्यक्ष अनिल ज्ञवाली, नागरीक समाज रुपन्देहीका अध्यक्ष रेशम केसी, नेपाल स्वतन्त्र मजदुर संगठन लुुम्विनी प्रदेसका अध्यक्ष कृष्ण कडेल, अभियन्ता प्रख्यात बञ्जाडे लगायतले बोल्दै यातायाय क्षेत्रमा देखीएका समस्या लामो समय देखी यथावत रहेको औल्याउदै समाधानकोलागी सवैले हातेमाले गरेर अगाडी बढ्नुु पर्नेमा जोड दिए ।
पत्रकार सम्मानीत- यसैबिच लुुम्बनी ट्रक यातायात ब्यबसायी सघंले पत्रकार दिपेस पछाई र प्रख्यात बञ्जाडेलाई सम्मान गरेको छ । यातायात क्षेत्रका समस्या उजागरण गर्न महत्व पुुर्ण योगदान पुुर्याएको भन्दै उहाँहरुलाई नगद, प्रमाण पत्र र दोसल्लाले सम्मान गरीएको हो । सो अवसरमा सघंले चालक, संघका संस्थापक सदस्य, कर्मचारीहरुलाई समेत सम्मान गरेको थियो ।












