एन एमवि बैंक लिमिटेड ट्राफिक चोक शाखाद्वारा सुस्त मनस्थिति बाल विद्या मन्दिरलाई विद्यालय पोशाक वितरण
एन एमवि बैंक लिमिटेड ट्राफिक चोक शाखाद्वारा सुस्त मनस्थिति बाल विद्या मन्दिरलाई विद्यालय पोशाक वितरण कार्यक्रम सम्पन्न गरेको छ ।
सामाजिक उत्तरदायित्व अन्तर्गत प्रत्येक वर्ष गरिने कायक्रम अन्तर्गत यस वर्ष सस्थाले सुस्त मनस्थिति बाल विद्या मन्दिरलाई सोमबार पोशाक वितरण गरेको बैकका क्षेत्रिय प्रमुख युवराज पाठकले बताउनु भयो । सस्थालाई १ सय जोर खेल पोशाक हस्तान्तरण गरेको हो ।

सस्थाका सस्थापक कोषाध्यक्ष चन्द्रमान श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा शेर वहादु गौतम,विजय अर्याल,शारदा भट्टराई बैकका बुटवल शाखाका म्यानेजर देविराम खनाल लगायतले शुभकामना व्यक्त गर्नु भएको थियो। उक्त कार्यक्रको संचालन सुस्त मनस्थिति बाल विद्या मन्दिरका लोकनाथ भुसालले गर्नु भएको थियो ।












