सुरेश परियार/हाटबजार र मन्दिर भत्काउन लागीएको भन्दै स्थानीयले विरोध गरेका छन् ।सैनामैनाको वडा न.१ रानीवगिया स्थित सैनामैना पर्रोहा परमेश्वर माध्यमिक विद्यालयको स्वामित्व भित्र पर्ने हाटबजार तथा दुर्गा मन्दिरलाई सो विद्यालयले भत्काउन लागेको भन्दै स्थानीयले नभत्काउन आग्रह गर्दै आज विरोध गरेका हुन् । हाटबजार केही संरचना भत्काइएको थियो भने जगका लागी खनिएको खाल्डो समेत स्थानीयले पुरिदिएका छन् ।

विद्यालयले आन्तरिक स्रोत ब्यवस्थापन गर्न आफनो क्षेत्राधिकार भित्र पर्ने संरचना हटाएर ब्यावसायिक सटर निर्माणका लागी कार्य आरम्भ गरिसकेको छ । केही सटर निर्माधिन अवस्थामा छन भने केही बन्ने तर्खरमा छ ।हाट बजार समिति,मन्दिर ब्यवस्थापन समिति र स्थानीयहरु संग छलफल नै नगरि एकलौटी रुपमा हाट बजार र मन्दिर हटाउन खोजिएको हाट बजार ब्यवसायी संघ सैनामैना शाखाका अध्यक्ष तुल्सीराम शर्माले आरोप लगाएका छन् । वर्षैदेखि सञ्चालनमा रहेको हाटबजार एक्कासी हटाउन खोज्दा दैनिकी चलाउन ब्यवसायीको गाँस खोस्न खोजिएको अध्यक्ष शमाले बताए ।

उनले बजार सञ्चालन गरे वापत बार्षिक रुपमा ३ लाख भन्दा धेरै रकम विद्यालयले लिएको बताएका छन् । सवै स्थानीय नै ब्यवसायी भएका कारण कत्तै हाटबजार विस्थापित गर्ने षडेन्त्र त होइन भन्दै प्रश्न शर्माले गरेका छन् । अर्को ब्यवस्थापन नहुदा सम्म यो हाटबजार हटाउन नहुने अडान उनले लिए ।यस्तै,मन्दिर ब्यवस्थापन समिति अध्यक्ष मिना कुमारी खत्रीले मन्दिर हटाउन नहुने कुरा बताएकी छन् ।मन्दिरका लागी विद्यालयले जग्गा दिने कुरा गरेपनि अहिले सम्म उपलब्ध नगराएको भन्दै वर्षैँ देखि धार्मिक मठमन्दिरलाई भत्काउनु भनेको हिन्दुत्वमाथी प्रहार भएको आरोप लगाइएकी छन् ।

बजार र मन्दिर हटाउने भनेर कुनै पनि छलफल नभएको सैनामैना १,रानीवगियाका स्थानीय ऋषिराम रिजाले बताएका छन् । स्थानीय रिजाल भन्छन्; मैले किन यसरी एक्कासी भत्काउनु भो ! यो त गलत गर्नुभयो नि भनेर विद्यालय ब्यवस्थापन समितिलाई प्रश्न राख्दा उनीहरुको जवाफमा यो गलत भएको त हो तर हामी थिएनौँ भनेर भन्नुभो रिजाले भने ।रिजालले स्थानीयहरु विद्यालय विरोधी नभएको भन्दै बृहत छलफलबाट मात्र विद्यालयले कार्य आरम्भ गर्नुपर्नेमा जोड दिए ।गुरुयोजना अनुसार अर्को ब्यवस्थापन नगर्दा सम्म मन्दिर हटाउन नहुनेमा जोड रिजाले गरे ।
विना जानकारी मनोमानी तरिकाले स्कुल ब्यवस्थापनको टिमले हाटबजार भत्काएको स्थानीय दामोदर खत्रीले आरोप लगाएका छन् । टेण्डर प्रक्रियामा रहेको हाटबजार यसरी किन भत्काइएको भन्दै स्थानीयले प्रतिरोध गरेको खत्रीले बताए । बृहत छलफल र सहमतिमा प्रक्रिया अघि बढाउन अपिल समेत उनले गरे ।विद्यालयको शैक्षिक सुधार
र गुणस्तरीयता कायम गर्न ब्यावसायीक सटर निर्माण गर्न लागीएको सैनामैना पर्रोहा परमेश्वर विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष शिवलाल बस्यालले बताएका छन् । विद्यालयको स्वामित्व भित्र पर्ने केही संरचना हटाएर आन्तरिक स्रोत जुटाउन १९ वटा ब्यावसायिक सटर बनाउन लागीएको अध्यक्ष बस्यालले उल्लेख गरे ।
ब्यवसायिक सटर निर्माण कार्य सुरु गर्नुभन्दा पुर्व विद्यालयको क्षेत्राधिकार भित्र पर्ने हाटबजार ब्यवस्थापन समिति, धार्मिक मन्दिर,स्थानीय राजनितिक दल,क्लब,अभिभावक,स्थानीयहरु संग छलफल र सहमति पश्चात लिखितम निर्णय भएर निर्माण कार्य सुरु गरिएको भन्दै अहिले विरोध गर्नु कुनै अर्थ नभएको कुरा उल्लेख गरे ।
विधार्थीहरुको संख्या वृद्धि भएका कारण निजि स्रोतका शिक्षकहरु राख्नुपर्ने भएका कारण आन्तरिक खर्च जुटाउन ब्यावसायिक सटर राख्नुपर्ने बाध्यता भएको दर्साए ।हाटबजार ब्यवस्थापन गर्ने मुख्य दायित्व पालिकाको बताउदैँ मन्दिर ब्यवस्थापन गर्न कार्य विधालयको गुरुयोजनामा परिसकेकोकाले अवरोध सिर्जना नगर्न आग्रह समेत गरे । विद्यालयले फेरि बृहत छलफलमा बोलाएर सो निर्माण कार्यलाई सुचारु गर्न वातावरण सिर्जना गर्ने अध्यक्ष बस्यालको भनाई छ । विधालयको भौतिक पुर्वाधार विकास र विधार्थीहरुको शैक्षिक पठनपाठनमा असर नपुर्योउन अपिल उनले गरे ।












