सत्ता गठबन्धनको बैठक बालुवाटारमा बस्दै

प्रकाशित मिति:

काठमाडौं- सत्तारूढ पाँच दलीय गठबन्धनको बैठक मंगलबार बस्दैछ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ९ बजे बस्ने बैठकमा स्थानीय तह निर्वाचनमा तालमेलको मोडालिटी तयार गर्नेबारे छलफल हुने भएको छ।प्रधानमन्त्री शेरबहादुर देउवा भारतको दुई दिने औपचारिक भ्रमण गरेर स्वदेश फर्किएपछि गठबन्धनको बैठक बस्ने भएको हो।

आजको बैठकमा तालमेलको मोटालिटी टुंग्याउनेगरी छलफल हुने राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले बताइन्। १७ चैतमा बसेको गठबन्धनको बैठकले निर्वाचनमा तालमेल गर्ने निर्णय गरेको थियो।

थप समाचार